Latest Update :

Rekha Thapa - मेरो स्पर्धा हिरोइनसँग होइन हिरोसँग हो



सन् १९९८ मा मिस कोसी, १९९९ मा मिस नेपालभित्र टप टेनमा परेपछि रेखा थापामाथि छवि ओझाको आँखा के लागेको थियो, उनले मोरङ, सनकपुरकी रेखालाई आफ़्नो चलचित्र हिरोको हिरोइन बनाइदिए । नयाँ अनुहार, रूप र ग्ल्यामरशैलीको खोजी भइरहेका बेला चल
चित्रक्षेत्रमा प्रवेश पाएपछि रेखाले पछाडि फर्केर हेर्नै परेन ।

९ वर्षो दौरानमा ८५ चलचित्रमा देखिने क्रममा यी २६ वर्षो सुन्दरीले अनेकौं विवाद र अवरोधको सामना पनि गरेकी छिन् । तर यसले केही फरक परेको छैन । उनी झन्झन् अगाडि आइरहेकी छिन् । पढौं, यिनै ग्ल्यामर क्विनको सनसनिपुर्ण र विचारोत्तेजक अन्तर्वार्ताः

हालखबर के छ ?

सुटिङ-सुटिङ-सुटिङ । यही साल पाँचवटा फिल्म सक्नु छ । आफूले बनाएको हिफाजत रिलिज गर्नु छ ।

यिसरी लगातार काम गर्दा क्वालिटी मेन्टेन हुन्छ र - मोनोटोनस हुँदैन ?

पहिला वर्षरिका फिल्ममा म नै हुन्थें, मोनोटोनस हुन सक्थ्यो । अहिले महिनाको एउटा गर्दा मेन्टेन हुन्छ । -चलचित्र साथी म त्रि्रोको सेटमा सामान्य थिइन् उनी)

अरू हिरोइन आएर भागबन्डा भएको हो ?

म धेरै फिल्म छोड्छु । कहीँ रोल मन पर्दैन, पारिश्रमिक, मिल्दैन त कहीँ हिरो ओरिएन्टेड फिल्म हुन्छ । अबको दिनमा म नारीप्रधान फिल्म खेल्न चाहन्छु । म स्टाब्लिस भैसकें, त्यसैले हिरोको वरिपरि नाच्न जरुरी छैन । शो पिस पहिला गर्थें, अब गर्दिनँ । सेन्टर क्यारेक्टर मात्र साइन गरिरहेकी छु ।

िफल्ममा अरूलाई छोडेर रेखा थापालाई किन ह्र्ने ?

मसँग चरित्रलाई न्याय गर्न सक्ने क्यापासिटी छ । स्टोरीको डिमान्ड छ भने सात तलाबाट हाम फाल्नेजस्तो हिरोइनले नगर्ने काम पनि म आफ़ै गर्छु -नाकका पोरा फुलाउँदै) मार्केटमा कसको डिमान्ड छ भन्ने कुरा पनि हुन्छ ।

अरू नायिकाको डिमान्ड छैन भन्न खोज्नुभएको ?

अरूसँग कम्पेयर म कहिल्यै गर्दिनँ । गरे पनि हिरोइनसँग होइन, हिरोसँग कम्पेयर गर्छु हिजो  ( जल -शाह दिदी, निरुता सिंह) दिदी, बिपना थापाको बेलामा आउँदा एक प्रकारको रेभुलेसन लिएर आएको हुँ । मसँगै अरू पनि आए । त्यो बेलामा शिरदेखि पाउसम्म छोपिएर सासूको कुटाइ, लोग्नेको हेपाइ खाने फिल्म बन्थ्यो । म फिल्ममा सासूलाई कुटेर आएँ । मार्केबल हिरोइन भएँ ।

तपाईंको प्रतिस्पर्धी नै छैन त ?

छैन, मेरो प्रतिस्पर्धी कोही छैन, हिरोहरू हो र रेखा थापा नै हो ।

रेखा थापाको कमजोरी के हो ?

सपट हार्टर् सबैलाई काम पनि गराइदिने तर तिनीहरूले नै टाउकोमा हानेर हिँडिराख्या हुन्छन् । -अलि गम्भीर हुँदै) चाहे त्यो हिरो होस् या हिरोइन, एक-दुइ जना हिरोइनलाई रिकमेन्ड पनि गर्थें । तर तिनीहरू नै प्रोड्युसरलाई रेखा थापालाई निकाल्नू भन्न पनि पछि पर्दैनन् । नारीको दुस्मन नारी नै हुँदो रहेछ । त्यस कारण मैले यी नारीको संगत गर्न पनि छोडिदिएँ । -खिसिक्क हाँसिन् उनी, चलचित्रमा अरूलाई व्यंग्य गर्नुपर्दा यसो गर्छिन् उनी) कस्तो भने नि विदुर दाइ, सायद उनीहरू मह होलान्, म मोबिल । मह र मोबिलको मिश्रण कहिले हुँदैन । मोबिलले गाडी कुद्ला, महको पनि विशेषता छ । म ग्रुपिज्म गर्ने, कुरा काट्ने, हिरोइनको घरघरमा बस्ने गर्दिनँ ।

रेखा थापा ग्ल्यामर र छोटो कपडाले चलेको हो ?

मेरो अनुहारै ग्ल्यामरस छ । -पहिले हाँसे पनि पछि कडा भइन् उनी) । छोटो लुगाले चल्ने भए त मभन्दा बढी छोटो लुगा लाएर, पूरै अंग देखाएर, ढाड देखाएर पनि आए । उनीहरू चल्नुपर्ने थियो । पछिल्लो समयमा निरुता दिले पनि छोटो लुगा लाकोथ्यो त । सञ्चिताले शासन फिल्ममा छोटै लुगा लगा’छ । चल्ने भए सबै चल्नुपथ्र्यो नि । -अलिकति सम्हालिँदै) रेखा कामले मात्र चलेको हो । काम राम्रो नभएको भए म उहिल्यै पलायन हुन्थें । मेरो पत्तासाफ गर्न हिरोहरू पनि लागेका थिए नि । आज तिनै हिरोहरूको मार्केट डाउन छ । तर म जहिले पनि सबैको भलो चाहने केटी, भगवान्मा विश्वास गर्थें र काममा आस्था राख्थें । त्यसैले कसैको केही लागेन ।

किसले गर्न खोज्यो पत्तासाफ ?

छन् नि, मलाई मात्र होइन, सबैको पेटमा लात हान्ने एक-दुइ जना हिरो छन् नि । -यसपटक आँखा पनि राताराता भए रेखाका) दुइ जना नभनौं, एकै जना छ । -खुलेर जवाफ मागियो, उनले टारिन्) जो व्यक्तिको नाम लिन लायक ठान्दिनँ, त्यसको नाम मेरो मुखबाट लिनु पनि अशुभ ठान्छु ।

निर्माता-निर्देशकलाई हाई-हलो गर्न जानेका कारणले पनि फिल्म पाइरहेको हो -

योचाहिँ एकदमै गलत कुरा हो -यो लाइन तीनपटक दोहोर्‍याइन् उनले) । आजसम्म रेखा फिल्मवाला कसैलाई पनि फोन गर्दिन, बरु मलाई फोन आउनुपर्छ भन्ठान्छु । म आफ़्नै प्रोडक्सन खोलेर बसेको प्रोड्युसर मान्छे । मेरो ब्यानर रेखा फिल्म्सले पाँचांै फिल्म बनाइसक्यो । मैले आफ़्नै फिल्मलाई त टाइम दिन सकेको छैन भने रोल माग्न फोन गर्ने फुर्सद मसँग छैन । बरु पत्रकारहरूसँग मेरो मित्रता छ, सामीप्य छ । उनीहरूसँग बोल्दा दुइ-चार शब्द सिक्छु, बौद्धिकता बढ्छ । -अन्तर्वार्ताकारलाई हेरेर मुस्कुराउँदै) फिल्मवाला भनेको त घरको मान्छे, घरको मान्छेलाई किन फोन गरिराख्नुपर्‍यो १ काम परे बोलाउँछन् अनि गर्छु नत्र गर्दिनँ । चाकडीले चल्ने भए अरू सबै अगाडि हुन्थे, म पछाडि हुन्थे ।

तिपाईं एकदमै बाठी हो ? किनभने झरना थापाले अवार्ड पाइन् । भजन गाएर, माओवादी अध्यक्ष प्रचण्डसँग नाचेर, छोटो कदका १८ वर्षो खगेन्द्रसँग फोटो खिचाएर तपाईं चर्चामा आउनुभयो । झरना अवार्ड पाएर पनि छायामा परिन् ।

झरना दिसँग मेरो स्पर्धा छैन, उहाँ सिनियर हो । उहाँ आएको १९ वर्षभयो, म आएको ९ वर्ष। भजन मैले जबर्जस्ती गाएको होइन, म गायिका पनि हुँ । माओवादीले कार्यक्रममा बोलाए, गएँ, प्रचण्ड मसँग नाच्नुभयो । खगेन्द्रले चिन्ने राजेश हमाल र रेखा थापा मात्र रे १ हामीसँग भेट्न चाह्यो, भेट्यौं । रेखा थापाले गरेका हरेक कुरा न्युज बन्छन् भने त्यो मेरो प्रोब्लम होइन । -ओठ लेप्य्राएर हाँसिन् उनी, युद्ध जितेको भावमा)

कोही नायिका माथि आउन खोज्यो भने दोस्ती गर्ने र कमजोरी पत्ता लगाएर उसलाई पछाडि ठेल्ने गर्नुहुन्छ रे नि ? अरुणिमा लम्साल, ऋचा घिमिरे, रेजिना उप्रेती, सञ्चिता लुइँटेलहरूसँग पनि जुट्ने-टुट्ने भइरहन्छ । (सुनेका र देखेका कुरालाई जोडियो)

म उनीहरू टाइपको होइन, उनीहरू पनि म टाइपको होइन । न म कहिले अरुणिमा लम्सालसँग नजिक हुन खोज्या थिएँ । ऊ आफ़ै मसँग नजिक हुन खोज्या थियो । नरेश पौडेलको साथी भएकाले नरेशले सहयोग गरौं है भनेपछि मेरै लुगा दिएर फोटोसेसन गराइएको थियो । मैले जे लगाएँ, उसलाई पनि त्यही लुगा डिजाइन गराइदिएँ । रेजिनालाई कतिपय ठाउँमा लिनू भनेर रिफर गरिदिएँ । सन्देशबाट त अवार्ड नै पायो । भोजपुरीमा पनि आइटम सङका लागि रेजिनालाई भन्दिएँ । चलचित्र हिरोमा मलाई नै फाइनल नगरेका बेला ऋचालाई लिएर गएको छु । पूजना -प्रधान) ले त गाली पनि गर्‍यो आफ़्नै रोल फाइनल भएको छैन, अरूलाई किन रिफर गरेको भनेर । तर रोल म्याच भएन होला, ऋचालाई त्यसमा लिइएन । फेरि यस्तै रहेछ जिन्दगीमा रिफर गरिदिएँ तर नरेश पौडेलले अरुणिमा लम्साललाई लिइसकेको रहेछ । के थियो थाहा भएन । सञ्चिताहरूसँग त कहिले नजिकै होइन । तैपनि चट्टान, माया बसेछमा रिकमेन्ड गरिदिएको थिएँ । म शुभचिन्तक हो यिनीहरूको । तर मित्रता त्यो मान्छेसँग हुन्छ जोसँग तन, मन, व्यवहारले राम्रो होस् ।

रेखा थापाको कोही न कोहीसँग प्रोब्लम भइरहन्छ, किन ?

-निखिल उप्रेती, नरेश पौडेल, विराज भट्ट, राजेश हमालको उदाहरण दिँदै प्रश्न के गरिएको थियो, उनले आँखा राताराता पार्दै जवाफ फर्काइहालिन्) मेरो प्रोब्लम छैन । उनीहरू नै झगडा गर्न आउँछन् । निखिलको त म कुरै गर्न चाहन्नँ । निखिल, नरेशसँग मेरो प्रोब्लम होइन, उनीहरूको मसँग प्रोब्लम हो । बाँकी केटीहरूको जो कुरा छ, त्यसमा पनि त्यही नै हो । विराज त मैले ल्या’को, र्रि्रेक दिएको केटा हो, के प्रोब्लम हुनु ?

निखिलसँगको प्रोब्लम के हो ? (दोहोर्‍याएपछि उनले मुख खोलिन्)

निखिल उप्रेतीलाई जहिले पनि मैले दाइका रूपमा हेरेको हो । उसको र मेरो एकदम राम्रो जोडी जमिरहेको थियो । त्यसैले हिम्मतमा लिएँ । अहिले उहाँले खै मलाई याद भएन भनेको सुनेको छु । हिम्मतमा उसले डेट नदिएर अल्झाइरहेर लफडा गर्‍यो । त्यस कारण निकालिदिएँ । -रेखा लगातार भनिरहेकी थिइन्) उसको ठाउँमा विराजलाई राखें, ऊ आज नम्बर वान हिरो छ । त्यही कुरामा झगडा भएको हो । अहिले विराज कहाँ छ निखिल कहाँ - मैले उसको प्रतिस्पर्धी जन्माइदें । ऊभन्दा राम्रो फाइट गर्ने, एक्टिङ गर्ने कलाकार जन्माइदिएँ । नेपालमा मात्र नभएर भोजपुरीमार्फत इन्डियामा पनि विराज हिट छ । विराज मात्र होइन, म पनि निखिलको प्रतिस्पर्धी हुँ । त्यसै पनि निखिल राम्रो कलाकार होइन, राम्रो स्टन्टम्यानचाहिँ हो । त्यो कुरालाई सल्युट गर्छु ।

निखिलसँग अब कहिले फिल्म नखेल्ने ?

यो जन्म त के मानिसको सात जन्म हुन्छ रे, सातौं जन्मसम्म पनि म ऊसँग फिल्म खेल्दिनँ । -उनी रिसाएकी थिइन्) एउटा केटा मान्छे भएर आफूभन्दा सानो केटीसँग प्रतिस्पर्धा गर्न चाहने, त्यो लोग्नेमान्छे हो - घरि को हिरोइनलाई च्यापेर को हिरोइनको पेटमा लात हान्छ । मलाई त हरेक फिल्मबाट निकाल्न खोज्यो । मलाई के कन्र्फम थियो भने एक दिन ऊ आफ़ै पतन हुन्छ । आज मैले जन्माएको केटाले उसलाई जितिसक्यो । ओशोको किताब पढेर महात्मा बनिँदैन, व्यवहारमा लागू पनि गर्न सक्नुपर्छ नि ।

एउटा फिल्मको सुटिङमा राजेश हमालसँग फोटो खिचाउन पनि त मान्नुभएन नि ?

उहाँले कृष्टि मैनालीको टाउकोमा चिया घोप्ट्याइदिनुभयो रे, बिपना थापालाई लडाइदिनुभयो रे । हिरोमा काम गर्दा म १६ वर्षी केटी थिएँ । राजेश हमाललाई भगवान् मान्थें । त्यसको चक्कु-छुरी गीतमा नाच्दै थिएँ । फोटो खिच्दा छुनै मान्नुभएन । ए बाबँ, हामीचाहिँ मान्छे होइन - राजेश हमाल चन्द्रमाबाट झरेको त होइन नि । मैले उहाँबाटै सिकेको कुरा फर्काएको हो ।

छिवि ओझासँग बिहे गरेपछि ओझा हुनुपर्ने होइन र ? किन थापा ? (२० वर्षअन्तरको निर्मातासँगको वैवाहिक जीवनमा प्रवेश गरेर प्रसंग फेरियो)

मैले भोलि बच्चा पाएँ भने पनि उसको थर थापा नै राख्छु । (उनले कपाल मिलाउँदै भनिन्) अब त झन् आमाको नामबाट पनि नागरिकता निस्कने भइसक्यो ।

तपाईं सामाजिक मान्यताविरुद्ध हो ? -च्याप्ने कोसिस गरियो)

म गृहिणी हुन्थें भने घरमा लोग्नेका लागि भात पकाएर, जुत्ता पुछिदिएर, लुगा धोएर बस्थें । उसको कमाइमा खानुपथ्र्यो, इन्डिपेन्डेन्ट थिइनँ भने उसको थर राख्नुपथ्र्यो । तर मेरो आफ़्नै पहिचान छ, व्यक्तित्व छ भने त्यसको जरुरी छैन । बुबाआमाले जन्माएर र हर्ुकाएर दिएको थर बिहे गरेर चेन्ज गर्नुपर्छ भन्ने मान्दिनँ । बरु सबै केटीहरूलाई आह्वान गर्छु हामीले लोग्नेको होइन, लोग्नेले हाम्रो थर राखोस् न । जात केही होइन, रेखा भनेको धेरै होलान्, चिनाउने अर्को नाम मात्र थापा हो ।

तपाईंका तर्फबँट छविजीलाई ड्याडी नबनाइदिने ? (मरीमरी हाँसिन् रेखा)

बनाउने । पख्नोस् न, टाइम छ नि । उमेरै नपुगी बिहे गरियो, परिपक्व भएपछि ड्याडी पनि बनाइदिउँला, मम्मी पनि बनौंला । हतारै के छ र, साथीहरू त भर्खर बिहे गर्दै छन् ।

तपाईं माओवादी हो - माओवादी कार्यक्रममा गएर प्रचण्डलाई नचाइदिनुभयो नि - -फेरि प्रसंग फेरियो, उनले हातसमेत हल्लाउँदै प्रतिवाद गरिन्)

होइन, म माओवादी होइन । त्योभन्दा अगाडि कांग्रेसको कार्यक्रममा पनि गएको थिएँ, कसैले केही भनेन । कलाकार मान्छे हुँ, जहाँ पनि जानुपर्छ नि । माओवादी बन्दको दिनमा माओवादीले घरमै गाडी पठाइदियो, माओवादीकै गाडी चढेर कार्यक्रममा गएँ । माओवादी किन - खाओवादी, साओवादी जसले राष्ट्रवादी एजेन्डा ल्याउँछ, त्यो सबै समारोहमा जान्छु । तर रात्रिभोज र चियापानमा कहिले पनि जान्नँ ।

प्रचण्डलाई पनि नचाइदिनुभयो हगि तपाईंले ?

मैले नचाएको होइन, उहाँ आपै नाच्नुभयो । राष्ट्रनायकसँग नाच्न पाउनु मेरो लागि पनि गौरवको कुरा हो । तियो कार्यक्रममा कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, ए निर नलाऊ दुइतिर भन्ने जो गीत गाउनुभयो, त्यो आपै+mले छानेको हो - त्यो गीत सटाएर थियो कि सल्लाह ?

त्यो गीत मैले आफ़ैले छानेको हो । त्यो मेरो लागि उहाँहरूलाई सल्लाह थियो । मानिस ड्वयल हुनुहुँदैन, एउटा ट्य्राकमा हिँड्यो भने मात्र सफल हुन्छ, यता पनि उता पनि गर्‍यो भने हुँदैन भन्नका लागि त्यो गीत छानेको थिएँ । कि सरकारलाई साथ दिनुपर्‍यो कि आफ़्नै ट्य्राकमा हिँड्नुपर्‍यो भन्न खोजेकी हुँ ।

तियसलाई हेरेर एमाले नेता केपी शर्माले पहिला संविधान बनाऊँ अनि रेखासँग नाचौंला भन्नुभयो नि ?

उहाँको कुरा मलाई मन पर्‍यो । त्यो उहाँको दृष्टिकोण हो । संविधान बनेपछि नाच्न झन् राम्रो हुन्छ । संविधान बनेपछि उहाँसँग नाचौंला नि । (खितखिताइन् रेखा)

नायिकाको सेक्सभिडियो आउन थालेको छ, यसले कस्तो प्रभाव पारेको छ- (जल्दोबल्दो विषय)आपनो इन्टे्रस्टको कुरा हो । तर एउटा-दुइटा फिल्म खेल्छन् अनि यस्तो भिडियो आउँदा सिंगो इन्डस्ट्री नै बदनाम भयो । सबै नायिकालाई हर्ेर्ने नजर अर्को भयो । सबै नायिकाको भिडियो छ भन्ने कुरा आयो । सबै नायिका यस्तै हुन्छन् भन्ने पर्‍यो । यसले राम्रो गरेन । इन्डस्ट्री एक्कासि बदनाम हुँदा दुःख लाग्यो ।

गिल्यामर रोलबाट वाक्क भएको हो ? अब इमेज चेन्ज गर्न खोज्या हो ? उनले लगाएको कुर्तासुरुवाललाई ध्यानमा राखेर सोधियो)

वाक्कभन्दा पनि इमेज चेन्ज गरौं भन्ने लागेको छ । म बाँचेसम्म ग्ल्यामरस हुन्छु, ५० वर्षा पनि छोटै लुगा लाउँछु । ट्य्राक चेन्ज गर्ने सोचचाहिँ छ ।
Source : Kamana Patrika

0 comments: On Rekha Thapa - मेरो स्पर्धा हिरोइनसँग होइन हिरोसँग हो

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.