Latest Update :

Kalpana Shahi - Upcoming Nepali Actress


भर्खरै छायांकन सम्पन्न भएको चलचित्र 'मन परेपछि' की नायिका हुन् कल्पना शाही । सुमन दाहालद्वारा निर्देशित यो चलचित्र प्रदर्शन भएपछि आफू नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिका बन्ने दाहालको अनुमान छ । कल्पनाले यसअघि पनि डिजिटल चलचित्र 'तूफान'
मा नायिकाकै भूमिका निर्वाह गरिसकेकी थिइन्, तर सेल्युलोइड चलचित्र 'मन परेपछि' बाट मात्र आफू दर्शकमाझ स्थापित हुने उनको धारणा छ । २१ वर्षअघि सुर्खेतमा जन्मिएकी कल्पनाले दुइटा चलचित्रमा अभिनय गरिसकेपछि एउटा राम्रो पाठ सिकेकी छिन् । उनी भन्छिन्, 'अभिनय गर्नु दाल-भात खाएजस्तो सजिलो काम होइन रहेछ । धेरै सिकेर आउनुपर्ने रहेछ ।' चलचित्रमा अभिनय गर्ने तयारी गरिरहेका आफू जस्तै 'न्यू कमर' लाई कल्पनाको सुझाव छ, 'अभिनय र नृत्यको प्रशिक्षण लिएर मात्र यो क्षेत्रमा आउनुहोला, नत्र दुःख पाइनेछ ।' कल्पना ५ फिट ५ इन्च अग्ली छिन् । म्युजिक भिडियोमा अभिनय गर्दै ग्ल्यामर क्षेत्रको यात्रा प्रारम्भ गरेकी कल्पनाले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । जिन्स तथा टिसर्ट लगाइरहने कल्पना आँखामा गाजल कहिले छुटाउँदिनन् । नृत्यकी पारखी कल्पना फुर्सदमा नृत्य गरेरै समय कटाउँछिन् । टेलिभिजनबाट प्रसारण हुने चलचित्र हेर्ने उनको अर्को बानी छ । 'चलचित्र हेरिरहने बानीले अभिनय गर्ने तरिका पनि सिकिन्छ जस्तो लाग्छ ।' विवाहका बारेमा गरिएको एउटा जिज्ञासामा उनको जवाफ थियो, 'बिहेवारी तीस वर्षपारि !'

Checkout some photo shots of Kalpana Shahi By Merowebsites.com

0 comments: On Kalpana Shahi - Upcoming Nepali Actress

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.