Latest Update :

Jenisha KC - New Actress on Kaliwood Movies

मलाई माया गर्ने एकजना मानिस छन्, उसलाई म मायालु नाम 'निकीछोरे' भनेर बोलाउँछु - नायिका जेनिशा केसीले आफ्नो जीवनको एउटा रहस्योद्घाटन गरिन् । 'उनको वास्तविक नाम त पटक्कै भन्दिनँ र भविष्यमा मैले बिहे गरेँ भने उसैसँग गर्छु ।' उनको यो कुराले चियाउनै
खोजेको रहस्यलाई फेरि पर्दाभित्रै धकेल्यो । पछिल्लो पटक उनको नाम नायक विराज भट्टसँग जोडिएकाले कतै 'निकीछोरे' भनेका विराज त होइनन् ? भन्ने जिज्ञासा राख्दा उनले भनिन्, 'मेरो नाम बेकारमा उहाँसँग जोडिएको छ । हाम्रो 'अनस्त्रिmन केमेस्ट्री' मिलेकाले निर्माता तथा निर्देशक ज्यूहरूले उहाँकी जोडीका रूपमा मलाई साइन गराउँछन् । पर्दामा मात्रै हो हामीले रोमान्सको अभिनय गरेको र हल्ला चले जस्तो हामीबीच केही छैन ।' पहिलो चलचित्र 'गिरफ्तार' देखि सत्रौं चलचित्र 'भुल्नै सकिनँ' सम्म उनले चलचित्र जगतमा तीन वर्ष बिताइ सकिन् । 'भागी भागी नजाऊ', 'दोस्ती', 'मस्ती' लगायत पाँच चलचित्रमा उनी एकल नायिका छिन् । चलचित्रको पर्दामा सामान्य चुम्बनको अनुभव संगाले पनि त्यो अभिनयको एउटा पाटो भएको उनको ठहर छ । 'पत्याउनु हुन्न होला, वास्तवमा मैले चुम्बनको अनुभव लिएकै छैन, प्रेमीसँग पनि छैन । सबै कुराको अनुभव बिहेपछि लिने भनेका छौं । फेरि उ अहिले विदेशमा छ ।' जेनिशा केही खुलिन् । त्यसो भए उनले विवाह कहिले गर्छिन् त ? जवाफ आयो, 'तत्कालै त हुन्न । जब हुन्छ, तपाईंलाई चुल्है निम्तो पठाउँला नि ।'
Source :  Saptahik

Checkout some Photo snaps of Jenisha KC by Cybersansar.com


0 comments: On Jenisha KC - New Actress on Kaliwood Movies

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.