मेरी बास्सैका हास्य कलाकारद्वय केदार घिमिरे -माग्नेबुढा) र सीताराम कट्टेल -धुर्मुस) ले तोकिएको मितिमा संविधान नबन्ने निश्चित भएपछि कपाल दाह्री खौरी संविधानको शोक मनाएका छन् ।

इजरायलबाट फर्किएपछि उनलाई उनका जोडी धुर्मुसले पनि माग्नेबुढाको अभियानमा ऐक्यबद्धता जनाएका थिए । यो जोडीका अतिरिक्त बान्द्रे -सुरज चापागाईं) र सुन्तली -कुन्जना घिमिरे) ले मंगलबार धुर्मुस निवास खुमलटारमा कपाल मुन्डन गरी टाउकामा सेतो टालो बाँधेर शोक मनाए । शोकको क्रममा उनीहरूले एक छाक खाना छोडेका थिए । बान्द्रेले धुर्मुस र माग्नेबुढाले केस खौरन्जेल एउटा खुट्टा उचालेर जनआन्दोलनका घाइतेहरूको पीडाबोध गरेका थिए । 'संविधान बनाउन पठाएका ६ सय १ सभासद्ले जनताको पसिनाले तिरेको अरबांै करबाट तलबभत्ता, सेवा सुविधा लिनेभन्दा अरू केही सोचेनन'् माग्ने बुढाले आक्रोशित भावमा भने, 'संविधान बनाउनेभन्दा पनि कुर्सीको लागि लुछाचुडीमै लागेकाले हामीले संविधान बनाउन दबाब दिन यस्तो प्रतिबद्धता जनाएका थियौं तर राजनीती कुर्सीकै वरिपरि घुमिरह्योे ।'
माग्नेबूढाका अनुसार यो ६ सय १ सभासद्को किरिया हो । यसअघि पशुपतिमा गएर ६ सय १ सभासदलाई कुशको पुतला बनाएर दाहसंस्कार गर्ने भनिए पनि परिवर्तित अवस्थालाई विचार गरी त्यसो नगरिएको उनले बताए । जनताले नयाँ स्ंविधान बनाएर देशलाई शान्ति र विकासको बाटोमा डोर्याउन जनादेश दिए पनि सत्ताकै खेलमा नेताहरू केन्दि्रत रहेकाले जिम्मेवारी बोध गराउन कपाल मुन्डन गरेर शोक मनाउनु परेको धुर्मुसले बताए । यता श्रीमान्कै अगाडि सेतो बस्त्र लगाएकी कुन्जनाले भनिन्- 'मेरा लागि मेरो श्रीमान्भन्दा देश ठूलो हो नि, यस्तै बाँदरे प्रवृत्तिका कारण भोलि मातृभूमि नै नहरे पतिको के काम ?' कलाकारहरूले मनोरन्जनमात्र दिने नभएर राष्ट्र, समाज र जनताप्रति पनि उनीहरूको उत्तिकै उत्तरदायित्व हुने भएकाले यसप्रति आवाज बुलन्द पार्न यसो गरिएको उनीहरूको भनाइ छ ।
source : Saptahik weekly
0 comments: On Funeral To Sambidhan Sabha by Meri Basai
Post a Comment