Latest Update :

नेपाली फ़िल्ममा बितरकको मनोमानी - ऋषिराम कट्टेल

जति गर्दा पनि राजेश हमालको समय नमिलेपछि चलचित्र मनले मनलाई छुन्छ को छायाङ्कन धिरेन शाक्यलाई लिएर पूरा गर्ने सुरमा लागेका थिए, यसका निर्देशक शिव रेग्मी। तर, निर्देशकले भनेर के गर्नु, चलचित्र वितरक मनोज राठीलाई राजेश नभई भएन। यसरी केही महिना कुरेरै चलचित्र पूरा गर्दैछन्, निर्देशक रेग्मी। चलचित्र फूल भए जिन्दगी को व्यथा पनि उस्तै छ। यसको शुभसाइत खिच्ने तयारी हुँदै गर्दा वितरक केदार पराजुलीले राजवल्लभलाई हटाएर विराजलाई हिरो बनाउनुपर्ने अड्डी लिए। विराजले समय दिन नसक्दा राजवल्लभ मात्रै होइन यसका निर्देशक रामराजा दाहालको समेत चङ्गा चेट् भयो, फिल्मबाट। कुनै पनि चलचित्रमा कसलाई, कुन खुवीको आधारमा हिरो वा हिरोइन बनाउने भन्ने
निर्णयको बागडोर निर्देशकबाट वितरकको हातमा पुगेको नेपाली उदाहरण हुन् यी। नेपाली यस कारण कि दुनियाँका अन्य फिल्म उद्योगहरूमा यस्तो जात्राको कल्पनासम्म गरिँदैन। यसको अर्थ अब नेपाली चलचित्रमा निर्देशकको कप्तानी चल्न छाड्यो भन्ने हो। अब निर्देशकहरूले सिर्जनाको धाकधक्कु शायद लगाउँदैनन्। किनकि चलचित्रको न्वारानमा समेत वितरककै पुरेत्याइँ चल्न थालेको छ। सिने गफाडी भनेर चिनिएका निर्देशक प्रकाश साय्मि एउटा हिरोकै भरमा चलचित्र चल्छ भन्ने वेबकुफहरूको सोचले नेपाली चलचित्र क्षेत्रलाई पछाडि धकेलिरहेको बताउँछन्। वितरकलाई चलचित्रको असल हुलाकी भन्दा बढी नठान्ने साय्मि भन्छन्, “उसको काम चिठी बोक्ने मात्रै हो लेख्नेलाई यस्तो लेख, उस्तो लेख भन्ने होइन।” साय्मि गुदी भएका निर्देशक मानिन्छन्। तर, मानिएर के गर्नु, चलचित्र बजारमा उनको वा मेकिङ का दृष्टिले राम्रो ठानिएका तुलसी घिमिरे, शिव रेग्मी जस्ता निर्देशकको नामलाई भाउ दिने वितरक कोही छैनन्। उनीहरूलाई राजेश, विराज वा निखिल उप्रेतीकै टाउको चाहिन्छ। नत्र चलचित्रै बन्दैन, बनेछ भने पनि हलको मुख देख्न पाउँदैन। धन्न, सही कुराको पक्षपोषण हुन भने छाडेको छैन। चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई भन्छन्, “राम्रो सिनेमा चल्न स्टार नै चाहिन्छ भन्ने होइन। हिरोकै अनुहारले फिल्म चलाउन खोज्नु मूर्खता हो।” अझ् मन अडिने ठाउँ केले दिन्छ भने मेकिङलाई मह140व दिने चलचित्र वितरक सुनिल मानन्धरहरू पनि बाँकी नै छन्, कलिउड फिल्म उद्योगमा। उनी भन्छन्, “आम नेपाली दर्शकले हलसम्म जान कुनै खास कलाकारको टाउको नै खोज्लान्। तर यसो भन्दैमा मेकिङ लाई बेवास्ता गरेर अगाडि जान सकिँदैन।”  ----                                       source :- HIMALKHABARPATRIKA

0 comments: On नेपाली फ़िल्ममा बितरकको मनोमानी - ऋषिराम कट्टेल

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.