Latest Update :

Sapana Gurung | Upcoming Beautiful Nepali Model


'९० जति पुगे होलान्'- सपनाले आफ्ना फेसबुक साथीहरू गन्दै भनिन् । उनले फेसबुक एकाउन्ट खोलेको छ महिनाजति मात्र भएको छ । उनी साथीहरू बनाउन मन पराउँछिन् । फेसबुकले साथीहरूको 'सर्कल' बढाउने भएकाले पनि उनी 'फेसबुक युजर' भएकी हुन् । पोखराकी मोडल सपना गुरुङ अध्ययनबाट फुर्सद भयो कि इन्टरनेटको सञ्जालभित्र छिर्छिन् र त्यतै हराउँछिन् । '
फेसबुक मात्र होइन, बिजनेसको स्टुडेन्ट भएकीले पढाइलाई सपोर्ट हुने कुरा पनि हेर्छु'- व्यवस्थापनमा स्नातक तेस्रो वर्ष अध्ययन गरिरहेकी सपनाले भनिन् । प्रेमसम्बन्धको आरम्भ मित्रताबाटै हुने धारणा व्यक्त गरे पनि सपनाले 'सपनाको राजकुमार' फेला पारिसकेकी छैनन् । 'मेरो फिल्ड र लक्ष्य बुझ्ने व्यक्ति नै मेरो प्रेमी हुनसक्छ र म आलोकाँचो प्रेम होइन, म्याचोर्ड प्रेममा विश्वास राख्छु'- भविष्यमा मिडिया वा बिजनेस क्षेत्रमा लाग्ने लक्ष्य सुनाउँदै उनले भनिन् ।

'एक्सपोज भएर मात्र होइन, फेसियल एक्सप्रेसनबाट पनि ग्ल्यामरस देखिन सकिन्छ' भन्ने सपनाले हालै मात्र सिमोस सुनुवारको चलचित्र 'फस्र्ट लभ'मा एउटा भूमिका निर्वाह गर्ने अवसर पाइन् भने अराज केशव र प्राश्ना शाक्यसहितका तीनवटा म्युजिक भिडियोमा मोडलिङ पनि गरिसकिन् । २१ वर्सीया सपनाले दुई वर्षको अन्तरालमा पोखरामा सम्पन्न दुईवटा ठूला फेसन शोमा क्याटवाक गरिसकेकी छिन् । 'काठमाडौंबाट चलचित्रमा खेल्ने र मोडलिङ गर्ने अफर आउँछन्, तर पोखरामा बस्ने भएकीले उता जान भ्याइँदैन'-बाध्यता वर्णन गर्दै सपनाले भनिन्, 'तर कसैले राम्रो स्क्रिप्टमा मुख्य नायिका नै बन्न अफर गरे त्यसका लागि काठमाडौं पनि गइन्छ ।'
source: saptahik

Checkout some beautiful Photo snaps of Sapana Gurung from Cybersansar.com


0 comments: On Sapana Gurung | Upcoming Beautiful Nepali Model

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.