Latest Update :

Rekha Thapa | A brief about Movie Hifajat



अरूका र आफ्नो फिल्ममा काम गर्दाको भिन्नता कस्तो हुन्छ ? नायिका रेखा थापालाई सोधे हुन्छ । 'अरूका फिल्ममा त सट दियो, घरतिर हिँड्यो । आफ्नोबाहेक अरूको मतलव हुँदैन । तर, आफ्नो फिल्ममा त प्रोडक्सनको सबै काम हेर्नुपर्छ,' अजम्बरी नाता, हिम्मत, किस्मत, हिफाजत र कसले चोर्‍यो मेरो मन, पाँचवटा फिल्ममा निर्मात्री बनिसकेकी रेखा भन्छिन्, 'अरूका फिल्म खेल्न सजिलो । आफँै निर्माता बन्नु त निकै झन्झटिलो काम हो । ए टु जेड हेर्नुपर्छ ।'

 
नायिका रेखा आफू निर्मात्री भए पनि पति छवि ओझाले प्रोडक्सनको सबै काम हेर्नुभएकाले अरू निर्माताले जस्तो तनाब व्यहोर्नु नपरेको बताउँछिन् । 'सबै कुरामा सल्लाह हुन्छ । कतिपयलाई म आफँैले कन्भिन्स गर्नुपर्छ ।' उनी भन्छिन्, 'कस्तो स्त्रिप्टमा फिल्म बनाउने, कलाकार, निर्देशक को लिने, लोकेसन कहाँ-कहाँ ? सबै कुरा सल्लाहमा हुन्छ ।'
उनले निर्माण गरेको चौथो फिल्म हिफाजत गत शुक्रबारदेखि राजधानी र मोफसलका हलमा एकैसाथ प्रदर्शन भइरहेको छ । फिल्म प्रदर्शनको मिति र चाजोपाँजो भने आफ्नो निर्णयमा भएको उनको दाबी छ । 'नयाँ वर्षको अवसर पारेर प्रदर्शन गराँै भन्ने सल्लाह मेरो हो । छविले पनि मान्नुभयो,' रेखा भन्छिन्, 'दर्शकले हिफाजत निकै मन पराइरहेका छन्, यस मानेमा मेरो निर्णय सही निस्कियो ।'
अरूका फिल्म खेल्दा-खेल्दा कस्तो फिल्म बनाए हिट भइन्छ भन्ने आइडिया आफूसँग भएको दाबी पनि गर्छिन्, रेखा । भन्छिन्, 'कि पढेर जानिन्छ, कि परेर । मचाहिँ परेर जान्ने भएकी छु । अरूका फिल्म खेल्दाका अनुभवले गर्दा कस्तो स्त्रिप्टमा को-को कलाकार लिएर फिल्म बनाउँदा फाइदा हुन्छ भन्ने अनुभव मलाई छ ।' सबै फिल्ममा उत्तिकै मिहिनेत गर्ने भए पनि आफ्नो फिल्ममा भने विशेष मिहिनेत गर्ने गरेको खुलासा उनको छ । 'मेरा लागि सबै फिल्म बराबर हुन् । अरूमा कलाकारको रूपमा हुन्छु, प्रोडक्सनको तनाब बालमतलब ! आफ्नोमा त सबै कुरा झेल्नुपर्छ,' उनको बुझाइ छ, 'रेखा थापाले बनाएको फिल्म भनेपछि दर्शकले पनि केही बढी आशा राख्छन् । जसका कारण हरेक कुरामा ध्यान दिनुपर्ने हुन्छ ।'
अहिले चलिरहेको हिफाजतमा उनले अरूका फिल्ममा भन्दा के कुरा नयाँ दिएकी छिन् त ? उनको फिल्म किन हेर्नुपर्छ ? 'हिफाजतमा मैले भोटेकोसी नदीमा अहिलेसम्म कसैले नगरेको क्यानानोइङ -रक क्लाइमिङ) गरेकी छु त्यो पनि विनाहेल्मेट । हेटांैडाको सामरी पुलबाट विनाडोरी हामफालेकी छु,' उनी भन्दै गइन्, 'नारीले आफ्नो हिफाजत आफैँ गर्नुपर्छ भन्ने सन्देश छ, मेरो फिल्मले सम्पूर्ण नेपाली नारीमा हिम्मत जगाउँछ ।' लभ गुरुको रूपमा समेत परिचत भएकाले लभस्टोरी फिल्म बनाएको दाबी उनको छ । 'नारी एक्सन प्रधान लभस्टोरी फिल्म हो,' आफ्नो फिल्मको वर्णन गर्दै गइन् उनले, 'कुनै हिरोले पनि आँट गर्न नसक्ने स्टन्ट गरेकी छु । हिफाजतको स्टन्टले गर्दा मेरो ढाड र खुट्टा दुख्ने समस्या जाग्यो । जसले गर्दा म पटक-पटक डक्टरकोमा गइरहनुपर्‍यो ।' फिल्मको नामजस्तै सुटिङको वेलामा आफ्नो ज्यानको हिफाजत गर्न आफँैलाई गाह्रो भएको स्मरण उनको छ । 'मैले जेजति रिस्क मोलेँ, सबै दर्शकका लागि हो,' अझै दर्शक तान्ने हिसाबले उनी बोलिन्, 'पर्दामा दर्शकले मेरो काम हेरेर तालि बजाउँदा त्यतिवेलाको सबै पीडा बिर्सिन्छु ।'
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको हिफाजतमा रेखाबाहेक आर्यन सिग्देल र नवनायक आयुष रिजाल प्रमुख भूमिकामा छन् । आफूमा कन्पिडेन्ट भएकाले स्टार हिरोविना नै हिफाजत निर्माण गरेको र सफल पनि भएको दाबी उनको छ । source:( Nayapatrika)

0 comments: On Rekha Thapa | A brief about Movie Hifajat

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.