Latest Update :

Rajesh Hamal | Deepak Sapkota sanga ko Kurakani



Rajesh Hamal the superstar of Nepali Movie Industry. Till today date he have a lot of Nepali Fans. Lets spend a samll time with him.

आफैँलाई म कति सुन्दर छु भनेर मूल्यांकन गर्न सहज छैन । त्यही पनि अरू सबैजस्तै म पनि आफ्नो रूपदेखि सन्तुष्ट छु । हरेक मान्छेमा केही न केही सुन्दरता हुन्छ । खासगरी शारीरिक सौन्दर्यभन्दा मान्छेमा अन्तर्निहित सौन्दर्य महत्त्वपूर्ण हो भन्ने कुरा तर्कपूर्ण लाग्छ मलाई ।


एकताका मान्छे फिल्मको हिरो भन्नेबित्तिकै 'चक्लेटी' अनुहार भएको भन्ने सोच्थे । यो मान्यता बिस्तारै बदलिँदै आयो । पर्दामा उदाउने मान्छे साह्रै चिटिक्क, सफा लुगा लगाएको र हेर्दा अरूभन्दा धेरै 'स्मार्ट' हुनुपर्छ भन्ने मान्यता सायद सौन्दर्यप्रतिको धारणामा आएको परिवर्तनका कारण बदलिँदै छ । अहिले फिल्मकारले पनि यही बुझ्न थालेका छन् । फिल्ममा खेल्ने मान्छेको विशेषतामा अरू पनि हुनुपर्छ, अन्तर्निहित विशेषताले मान्छे हिरो बन्ने हो भन्ने कुरा स्थापित हुँदै छ अहिले । चलचित्र हेर्ने विधा भएकाले आवरणीय सौन्दर्यलाई पनि नकार्न सकिँदैन । तर, हिरो बन्ने उसको क्षमताले नै हो ।

मेरो नजरमा नेपालका सबै हिरो/हिरोइन सुन्दर छन् । मान्छे सुन्दर हुन उसको आचरण र बोली-व्यवहार नै ठूलो कुरा हो ।

सौन्दर्यका विषयमा सबैको एउटै धारणा नहुन सक्छ । यो त हेर्ने मान्छेको आँखामा भर पर्ने कुरा हो भन्ने लाग्छ । सानोमा सोच्थेँ, संसारको सबैभन्दा सुन्दर कुरा केटी हो । उमेर परिवर्तनसँगै सौन्दर्यबारेमा मेरो धारणा बदलिँदै आयो । अहिले लाग्न थालेको छ- संसारमा सबैभन्दा सुन्दर कुरा केही छ भने त्यो आमा हो । र, मान्छेको मन पनि ।

सुन्दरताका विषयमा विविधि बिम्व सुनिन्छन्, पढिन्छन् । खासगरी साहित्यकारले आफ्ना रचनामा यो विविधता देखाउँछन् । विम्ब सापेक्ष रूपमा आउँछन् ।

मलाई सोध्ने गरिन्छ, युवती सौन्दर्यका प्रतीक हुन् कि होइनन् ? युवतीलाई सुन्दरताको विम्ब मान्ने कुराप्रति म सहमत छु, किनभने म पुरुष हुँ । कतिपय युवती साँच्चै राम्रा हुन्छन् । हामी युवतीको बाहिरी आवरणका कारण आकषिर्त हुन्छौँ, तर उसमा अन्तर्निहित विशेषता के हो जान्दैनौँ । यदि मनमा आनन्द छ भने मात्रै युवती अरू बढी सुन्दर लाग्छन् । जे भने पनि सुन्दरता मनसँग जोडिने कुरा हो ।

सौन्दर्यप्रति अवधारणामा त यसरी बदलाव आइरहेको छ भने फेसनको त कुरै भएन । यो पनि परिवर्तन सापेक्ष छ । मलाई लाग्छ- सबै मान्छे फेसनको पछि लागिरहेका छन् ।

फेसन पछयाउने मामलामा नेपाली सबैभन्दा अग्रस्थानमा छन् । कपाल रंग्याएर होस् कि जिन्स प्यान्ट प्वाल पारेर आफूलाई फेसनेबल देखाउन हामी सधैँ अग्रसर छौँ ।

तर, फेसन नपछयाउँदैमा घाटा हुन्छ, आफू समयभन्दा पछाडि परिन्छ भन्ने म सोच्दिनँ । तर, फेसनप्रति मेरो समग्र धारणा के हो भने यो परिवर्तन भइरहने कुरा हो । कतिपय अवस्थामा मान्छे आफूले फेसन पछयाएको/नपछयाएको उसैलाई थाहा हुँदैन । थाहै नपाई पछयाइरहेको हुन्छ ।

म जानेर कहिल्यै फेसन पछयाउँदिनँ । फेसन पछयाउने/नपछयाउनेप्रति मेरो आफ्नै परिभाषा छ । सबैको पहिरन छनोटमा आफ्नै धारणा हुन्छ । अरूको तुलनामा म फेसनेबल हुँ जस्तो लाग्दैन ।

बाहिर निस्कँदा औपचारिक वा अनौपचारिक कस्तो कार्यक्रम हो, त्यसको मर्मलाई ध्यानमा राखेर मैले आफ्नो फेसन तय गर्छु । साथीभाइको पार्टी हो भने सामान्य भएर जान्छु । कहिलेकाहीँ त जिन्स प्यान्टमा पनि गएको छु । सामान्य सर्ट, पाइन्ट लगाउन मन लाग्छ । तर, अलि ठूलै स्तरको पार्टी छ भने मान्यजन आउने पार्टी छ भने कोट, पाइन्ट नै लगाउँछु ।

मलाई कहिलेकाहीँ पत्रकारले सोध्छन्, 'राजेशजी तपाईंसँग कति जोर लुगा छन् ? कस्ता-कस्ता छन् ?' यो प्रश्नको ठयाक्कै उत्तर मसँग हुँदैन । लुगा यति जोर छन् भन्ने कसलाई थाहा हुन्छ र । स्वाभाविक रूपमा मलाई पनि थाहा छैन ।

फिल्म अभिनेता भएपछि यसले कुनै राम्रो डिजाइनरले डिजाइन गरेका लुगा मात्र लगाउँछ होला भन्ने सोच्दारहेछन् मान्छे । फेसनप्रति मेरो मोह सकिँदै गएर पनि होला मैले डिजाइन गराएर पहिरनको शैली तय गर्दिनँ । यस्तै लुगा लगाउनुपर्छ भन्ने पनि छैन । बजारमा चलेकोभन्दा अलि भिन्नखाले लुगा लगाउन मन लाग्नु स्वाभाविकै हो । सबैलाई यस्तै लाग्छ ।

फेसन स्टायलबारे अरूजस्तै म पनि कुनै टेलिभिजन कार्यक्रममा देखिएको डिजाइनबाट प्रभावित हुन्छु ।

सानै छँदाका मेरो कतिपय पोसाक मसँग सुरक्षित छन् । कहिलेकाहीँ देखियो भने बाल्यकाल याद आउँछ । पुराना कुरा याद आउँछ । किशोर अवस्थासम्ममा मन परेका केही कोट, प्यान्ट, सर्ट र जुत्ता पनि सुरक्षित राखेको छु ।

फेसन भन्ने कुरा उमेरसँग पनि जोडिँदोरहेछ । उमेर र पहिरनमा मेल खानुपर्छ । नत्र समाजअनुरूप भइँदैन । पश्चिमाहरू उमेरअनुसार भन्दा पनि आफ्नो चाहनाअनुसार लुगा लगाउँछन् । आफूलाई सुहाउनेखालको लुगा छ भने जुनसुकै उमेरमा लगाए पनि फरक पर्दैन जस्तो लाग्छ । यसमा पनि म अरूभन्दा निकै फरक सोच्छु । बाल्यकालदेखि नै फेसनका कुरामा म अलिक विद्रोही छु कि भन्ने लाग्छ । फेसनेबल पहिरन लगाएर हिँड्दिनँ । अरूको देखासिकी गरेर म कहिल्यै लुगा लगाउँदिनँ ।

विश्वमा चलिआएको 'ट्रेन्ड' ले पनि के देखाउँछ भने फिल्मले फेसनलाई 'प्रमोट' गरेको हुन्छ । हामीकहाँ पनि फिल्म हेरेरै मान्छे फेसनप्रति 'कन्सस' हुने गरेका उदाहरण छन् । फिल्ममा हिरोले कपाल रंग्यायो वा उसको कपाल लरक्क लर्केको छ भने त्यो युवा दर्शक पनि कपाल रंग्याउनतिर लाग्छ । जिन्स प्यान्ट प्वाल पार्नतिर लाग्छ ।

खासगरी युवापुस्ता परिर्वतन अँगाल्ने स्वभावका छन् । फेसन पछयाउँदैमा मात्र आफू फेसनेबल बनिँदैन भन्ने हाम्रा तन्नेरीलाई थाहा छैन । अरूले जस्तो लगायो त्यस्तै लगाउन चाहने र अरूकै पहिरन पछयाउने उनीहरूको स्वभाव हुन्छ । तर, फेसन पछयाउनु भनेको परिवर्तनको साक्षी पनि बन्नु हो, परिवर्तन चाहनु हो ।

मेरो विचारमा कलिउडका कलाकारले पनि फेसनमा त्यत्तिकै रुचि देखाउँछन् । फिल्ममा होस् या बाहिर सबैतिर रुचि उजागर भइरहेको हुन्छ । करिश्मा मानन्धर, विपना थापा, रेखा थापा, झरना बज्राचार्यलाई मैले फेसन कन्सस कलाकारका रूपमा पाएको छु । मलाई सबैभन्दा सेक्सी अभिनेत्री झरना बज्राचार्य लाग्छिन् भने सबैभन्दा सुन्दर अभिनेत्री करिश्मा मानन्धर नै हुन् । त्यसैगरी सबैभन्दा फेसनेबल हिरो रमित ढुंगाना हो जस्तो लाग्छ । आर्यन सिग्देल, भुवन केसी पनि फेसनेबल हिरो हुन् ।

हामीले हाम्रै मौलिक फेसन हाकुपटासी, दौरा-सुरुवाल र फरिया-चोलीलाई प्रमोट गर्न खासै ध्यान दिएका छैनौँ । ती फेसन हाम्रा आफ्नै सम्पत्ति हुन् । ती मौलिक फेसनलाई नै प्रमोट गर्नु आवश्यक छ । यी शैलीलाई जोगाउन सक्नुपर्छ हामीले ।

सौन्दर्य प्रतियोगितामा कतै आहा भन्नेखालका राम्रा फेसन शैली पनि देखेको छु मैले । यस्ता प्रतियोगितामा कतै मौलिक फेसन देखिन्छन् भने कतै विकृतिमय पश्चिमाको भव्य प्रभाव देख्न पाइन्छ ।

मान्छे सुन्दर हुन फेसनको पछि लाग्नुपर्दैन । तर, फेसनले कतिपय अवस्थामा मान्छेको व्यक्तित्वलाई उजागर गर्न मद्दत गर्छ । फेसन नै सुन्दरता होइन । सुन्दर मान्छेलाई ओभर फेसनले भद्दा पनि बनाइदिन्छ । त्यसैले फेसन र सुन्दरताबीच भित्री सम्बन्ध छ ।

फेसनलाई आधार बनाएर 'दस जोड दुई' पुस्तालाई आलोचना गरेको पनि सुनिन्छ हामीकहाँ । उत्ताउलो फेसनको पुस्ता भनेर हाम्रा किशोर-किशोरीलाई दोष दिनुको कुनै अर्थ छैन । यो पुस्ताले त फेसनलाई पछयाएको मात्रै हो । यिनीहरू आफैँले फेसन 'क्रियसन' गरिरहेका होइनन् । टेलिभिजनमा देखिएको उत्ताउलो पहिरन लगाएर सहर चहार्छन् भने त्यो विकृति हो । युवाले नै फेसनमा विकृति भित्र्याए वा योगदान दिए भन्ने मलाई लाग्दैन । ( source:- NAYAPATRIKA )

0 comments: On Rajesh Hamal | Deepak Sapkota sanga ko Kurakani

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.