Latest Update :

Nepali Jokes | Nepali Chutkila | Funny Nepali Joke haru


(दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेकाथिए।
त्यतिकैमा एउटा बिरक्तीएको मानिश आएर सबै भन्दा सिनियर जस्तो देखिने साधुसँग)
मानिश:- माहात्मा मलाई कुनै पनि केटीले वास्तानै गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ?
साधु:-(अर्को साधुसँग) ए भाई यो नयाँ साथीलाई एउटा चकटिको ब्यवस्था गरत।

************************************************************************

ग्राहक:- यो केरा कसरी हो?
पसले:- एक रुपैयाको एउटा।
ग्राहक:- ६० पैसामा दिने?

पसले:- ६० पैसामात बोक्रामात्र आउछ।
ग्राहक:- ए तेसो भएत यि ४० पैसा, बोक्रा राख्ने, केरा दिने।


************************************************************************

कुनै एउटा अफीसमा भर्खरै नयाँ कर्मचारी भर्ना भएछ र पहिलो दिन अफिस गएछ। दिनभरी काम गरेपछी चियाको लागी छुट्टी भएछ। त्यो नयाँ कर्मचारीले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाई यहाँ ४ कप चिया र ८ वटा समेसा छिट्टो लिएर आइज।
तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ।
उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ?
नयाँ कर्मचारी:- थाहा छैन
उताबाट:- म यो अफिसको M.D. हुँ?
नयाँ कर्मचारी:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्?
उताबाट:- थाहा छैन
नयाँ कर्मचारी:-त्यसो भने ठिकै छ। (त्यती भनेर नयाँ कर्मचारीले फोन राखेछ।)

************************************************************************

पत्नी: मेरो जन्म दिवशमा मलाई चेन उपहार दिनुपर्छनी!! सुन्नुभो तपाईंले??
पती: किन नसुन्नुनी, कती सुने कती।
बरु भनन केको चेन दिउ मोटर साइकलको कि साइकलको ?

************************************************************************
......................................................................................                   MORE JOKES >>>>>>

0 comments: On Nepali Jokes | Nepali Chutkila | Funny Nepali Joke haru

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.