Latest Update :

Popular Posts

Showing posts with label Lekh Rachana Haru. Show all posts
Showing posts with label Lekh Rachana Haru. Show all posts

Nepali Lekh - Ek Sanjhko Bhet


(source:- Saptahik Weekly) 
सम्बन्धलाई बुझ्न नसक्दा त्यसले जति दुःख अरू कुनै चीजले दिँदैन। हरेक चुम्बनलाई यौनसँग गाँसेर बुझ्ने हो भने यहाँ बाबुले पनि छोरीलाई चुम्बन गर्नेछैन, आमाले ओठमा उर्लिएको प्रेमलाई आफ्नो छोराको ओठमा खन्याउन सक्दिनन्। प्रेमका धेरै रूप हुन्छन्। स्नेह, करुणा, प्रेम, दया, अनुकम्पा, अनुराग भनी प्रेमका धेरै रूप विभाजन गरेका छन्, प्रेमीहरूले। मैले पनि तिमीलाई प्रेम गरेको छु। यो कुरा स्वीकार गर्दा मलाई रत्तिभर लज्जाबोध छैन तर यो प्रेममा यौनको कुनै उपस्थिति छैन। सायद यौनबिनाको प्रेम कल्पना गर्न सकिन्छ भने मैले तिमीलाई गरेको प्रेम नै हो। म तिम्रो प्रेम र त्यससँग जोडिएको सुखको जानकार थिएँ। तिम्रो प्रेम र त्यो प्रेमको सुखमा दिल जलाउने म बौलाहा त अवश्य होइन। मैले आफूलाई प्रीतिकर लागेको फूलमा पनि भँवरालाई भुनभुनाउने स्वीकृति दिएको छु किनभने त्यो भँमरा, यो फूलको पि्रय हो। मैले फूलमा भुनभुनाउने भँमराको हत्या गरिनँ। मौरीहरूका पखेटा काटेर अपाङ्ग बनाइनँ। जीवनमा जो आफ्नो पि्रय छ, ऊसँगै जीवन बित्यो भने मानिस सुखी हुन्छ भने मेरो मान्यता हो।

तिमीले पनि हामीबीचको सम्बन्धको दिगोपन चाहेकी हौली, तर परिस्थिति र समय यति ईष्र्यालु थियो कि हामी दुवै त्यो सम्बन्धलाई बलिदान गर्न बाध्य भयौं। आज हाम्रो मुटुमा त्यो सम्बन्धको पवित्रतासिवाय केही बाँकी छैन। तिमी मेरो महानतामा रोएकी हौली, म तिम्रो महान् संवादलाई आँसुले चिस्याउँदै छु। मेरा कानमा गुँजिन्छन् अझै तिम्रा ती महान् बोलीहरू। जूनलाई साक्षी राखेर हामीले मनका कुराहरू साटेका छौँ, प्रविधिको सहायतामा। ती संवादहरू अब फर्केर नआउलान् तर ती संवादको अन्तरध्वनि अझै कानभित्रै कतै बास बसेजस्तो लाग्छ। जसले जुनबेला पनि गुँजेर शून्यतालाई चिर्न सक्छ। मौनतालाई कोलाहल बनाउन सक्छ। तिमी कविता कोर्न कहिल्यै नछोड है भन्ने तिम्रो अन्तिम बोलीले मलाई अब जीवनभरि कवि बनाउने भयो नै। कलमको हरेक स्पर्शमा तिम्रो सम्झना पनि जोडिने भयो।

मलाई माफ गर, नचाहँदा-नचाहँदै पनि हाम्रो सम्बन्ध केवल दुई दिनको भयो र एउटा झीनो साँझको अति पातलो भेटघाटसिवाय हामीबीच भौतिक रूपमा अर्को सम्झन सक्ने वस्तु पनि रहेन। सकिन्छ भने त्यो साँझ पनि मलाई फर्काइदिनु। त्यो धूमिल साँझ मैले बिताएको होइन, कसैले बिताएको हो वा मेरै कथाको कुनै पात्रले चोरेको साँझ हो भन्दै त्यसलाई पनि बिर्सने चेष्टामा छु। यद्यपि मलाई थाहा छ, म त्यो साँझलाई बिर्सन सक्दिनँ।

हिजो म तिम्रो प्रेमको शुभेच्छुक र आज पनि। ईश्वरसँग प्रार्थना गर्छु, तिमी फूलको मालासम्मै पुग। सोह्र वर्षको उन्माद पिएर अरू सुन्दर युवतीझैँ ढुंगे प्रेम नगर। तिमीसँग एउटा कविताबाहेक मैले लिनुपर्ने केही छैन। त्यो धूमिल साँझमा मैले तिमीलाई दिएको थिएँ। आज आएर सोच्छु, त्यो कविता, तिम्रो हो कि मेरो ? जसको होस्, च्यातेर टुक्रा-टुक्रा पारी भोको बतासलाई ख्वाइदिनु। कुनै दिन त्यो बतास हुरी भएर बौलाएका बेला जङ्गलका पातहरूमा त्यसलाई मिसाइदिन्छ। असहजताका कारण मैले तिम्रो नाम त लिइनँ, तर ओठवाट त्यो दुई अक्षर किन पग्लिएर जाँदैन ? शायद यो लामो जीवनमा त्यो नाम पनि मसँगै यात्रामा डोरिन चाहन्छ। होइन भने मुटु र ओठमा किन त्यसको अस्तित्व रह्यो ?

प्रेमकृष्ण श्रेष्ठ
Read the story >

Bura Mat Mano Holi Hai - Deepakraj Giri


How was your HOLI ? Here in the occasion of Holi Deepak Raj Giri have written a Comedy, do you wanna read it ? Ok here it is , it was published on our weekly magazine Saptahik Enjoy ..

झलनाथ खनाल

बालुवाटार सरिसकें घर त मेरो डल्लु
केपी, माधव, प्रचण्डले बनाइसके झल्लु

प्रचण्ड

देशको शत्रु भारत मान्छु, भित्री शत्रु ओली
जिब्रो मेरो चारवटा, फेरिरहन्छु बोली

माधव नेपाल

अझै देशको विकास गर्थें फेरि प्रधानमन्त्री भए
भाइ नेपाल, भान्जा नेपाल सबको हुन्थ्यो जय

शेरबहादुर देउवा

जिब्रो मेरो प्रस्ट छैन, भाषण पनि फोस्रा
जिन्दगीभर कांग्रेसभित्र हुने भएँ दोस्रा

गगन थापा

बोल्नलाई छुरा छु म उमेरचाहिँ काँचो
आफ्नो त ज्यूँत्यूँ चलिहाल्छ, चिन्ता छ ससुराबाका

रामचन्द्र पौडेल

पौडन नजान्ने पौडेल परें सत्रचोटि डुबें
झलनाथलाई चिठ्ठा पर्‍यो नराम्ररी घुमें

शालिकराम जमरकट्टेल

गुदीजति आफू खान्छु कामदारहरूलाई बोक्रा
मजदुरहरू एक हुनुपर्छ, हामीचाहिँ तीन टुक्रा

के.पी. ओली

ट्वाक्क-टुक्क उखान हाली राजनीति पढाउँछु
नेपाललाई काखी च्यापी विद्या बढाउँछु

वामदेव गौतम

आधा पार्टी फुटाई लगे फेरि पार्छु आधी
टाउको मेरो एमाले त शरीर माओवादी

विजय गच्छदार

कहिले कांग्रेस, कहिले फोरम, कहिले लोकतान्त्रिकलाई पाउमा
मधेशी एकता जिन्दावाद भनी प्रधानमन्त्री खाने दाउमा

डा. बाबुराम भट्टराई

जनताले भन्छन भनें म मर्छु
भिमसेन थापा झैं सेरिएर
म त भन्छु तपाइ मर्नुहुन्छ आफनै कामरेडहरूबाट घेरिएर

नारायणकाजी श्रेष्ठ

अध्यक्षको आशीर्वादले भएँ चिनी काजी
बुद्धि भा'का नेताहरूलाई बनाउन खोज्छन् पाजी ।

सुजाता कोइराला

ज्वाइँ होइन छोराजस्तै प्यारा मेरा रुबेल
पारसलाई जेल हाल्छु भन्थे, भयो योजना फेल
गोली पड्क्यो पारसको कसैले सुनेनन्
परराष्ट्रमन्त्री हुँदा पनि त्यसलाई किन थुनेनन् ?
उमेर मेरो गा'को छैन बैंस चम्पा-चमेली
छोरी जर्मन, ज्वाइँ बंगलादेशी, रिमिक्स फेमिली

कोमल ओली

मनको बह पोख्नलाई कोही पाइएन
भगवान् महादेव पुकार्दा नि पोइ पाइएन
कहिलेकाहीँ सोच्न थाल्छु भाग्य छ कि खोटो ?
पत्रिकाले माया गर्छन् छापिरहन्छन् फोटो
हात जोडछु एउटा पोइ खोजिदेऊ न देउता
पत्रकार भए नि हुन्छ प्रभु मिलाइदेऊ न एउटा

आर्यन सिग्देल

हिरो धेरै होलान् यहाँ मेरो स्थान माथि छ
सबै तरुनीलाई भन्ने गर्छु— मेरो एउटा साथी छ

भुवन केसी

दुईवटीसँग घर बिगि्रयो अर्की ले भन्छन् बाले
लिङ्ग मैले परिवर्तन गरी भैसकें एमाले

राजेश हमाल

फिल्मभन्दा विज्ञापन राम्रो, तलबभन्दा घूस
खल्ती गरम भैहाल्यो मेरो, जहाँसुकै होस् जुस

मदनकृष्ण/हरिवंश

सामाजिक सन्देश जनतालाई हामी ख्वाउँछौं घोटीघोटी
हाँसदेऊ एकफेर खेल्यौं हाम्ले हेरिदिएनन् एकचोटि
गुन गर्‍यो बैगुन आउने यो कहाँ रहेछ खेती ?
दुस्मनले ताली पड्काए, प्रोडयुसरको क्षति

रेखा थापा

साप्ताहिकले हेर्दाहेर्दै बनाइदियो लभगुरु
छविबाहेक धेरैसँग भयो प्रेम सुरु
हिरोहरूलाई फुच्चे भन्छु दिन्छु म त दण्ड
अर्को फिल्ममा हिरो मेरो कमरेड प्रचण्ड

रामकृष्ण ढकाल

गायकको कमाइ राम्रै हुन्थ्यो अहिले फिटफिटी
एल्बमजति काशी गए अहिले सिआरबिटी

शिव रेग्मी

मानिस अब बूढो भयो, हाँस्दैन एकफेर
फिलिम लाग्या हलमा गयो, दर्शक जम्मा तेर्‍ह
Read the story >

Nepali Lekh Rachana - Nirdayi Preyasi


What is love ? How to you express it, although there are different types of love, but here we are talking about the love between two mature people. We have seen a lot of love story movies and read a lot of stories here we have a story taken from our weekely magazine saptahik, lets check inside it :-

निर्दयी प्रियसी

मेरो हजुर तपाईं मात्र हो यदि तपाईंकी जीवन साथी हुन सकिनँ भने यो संसारमा अरू कसैकी हुने छैन । तपाईंका लागि एक वर्ष त होइन, दसौं वर्षसम्म पनि अलिकति अभाव महसुस नगरी बसिरहनेछु- भन्ने तिम्रा शब्दहरू अझै मेरो कानमा गुन्जिरहेका छन् ।

तिम्रो नक्कली मायालाई सक्कली माया दिएर ठूलो गल्ती गरेछु । म त खाडी मुलुकमा चर्को घाम धूलो धुवाँसँग मिसिएर पसिनाको पर्वाह नगरी रुपैयाँको बिट्टो पठाउथें । त्यसबेला लाग्थ्यो, म तिम्रा लागि जति पनि दुःख उठाउन सक्छु ।

तिम्रा लागि खाडीको बगरमा पल-पल मर्दै भए पनि पसिनाले पैसा साट्न सधैं तल्लीन रहेँ । एक पटक थोरै याद गर, तिमीले मलाई पठाएको पत्रमा भनेकी थियौं- यो पत्र होइन, यो मुटुको जलन अनि ढुकढुकी हो । प्राणभन्दा पनि प्यारो मुटुमा हृदयभरिको माया अनि अविरल सम्झना एवं अगाढ प्रेम केवल मेरो मुटुका लागि केवल मेरो मनको राजाका लागि ।' तिमीले पत्रमा लेखेकी थियौं, 'शारीरिक रूपले स्वास्थ्य रहे पनि म मानसिक रूपले अस्वस्थ्य छु । किनभने मेरो माया कतै टाढा छ, तर पनि म हजुरसमक्ष आउने प्रयास गरिरहेकी छु ।

मैले भगवान्सँग कहिल्यै केही मागिनँ, भगवान् आफैं खुसी भएर दिनुहुनेछ ।' तिम्रा ती शब्दहरू नक्कली होलान् भनेर म कसरी अविश्वास गर्न सक्थें ? मलाई तिम्रो पत्रका शब्द-शब्दले घोचिरहेका छन् । पत्रमा तिमीले लेखेकी थियौं, 'आज हजुरको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि भगवान्समक्ष यो मुख खोलें । म केवल हजुरकी हुँ, तसर्थ हजुरकै भएर बाँच्न पाऊँ, मात्र हजुरकै ।

आज मलाई लाग्छ, शब्दहरूले यसरी धोका दिन सक्छ ? अथवा मनमा कालो हुँदाहुँदै पनि यस्ता शब्द कसरी निस्किएर सफा कागजलाई धमिल्याउन सक्छन् ?

यस्तो पत्र आउँदा मेरो जीवनमा कति खुसी छायो ? म मरुस्थलमा एक्लै रोएको थिएँ ती पत्र पढ्दा । मलाई लाग्थ्यो, म संसारको सबैभन्दा भाग्यमानी मानिस हुँ, किनभने मलाई माया गर्नेले जीवन पखालेर माया गर्छे ।

दुई वर्षसम्म कतारको चर्कोघाम अनि तातोहावासँग पौठेजोरी खेल्दै जीवनको अमूल्य समय बिताएर म त्रिभुवन अन्तर्राष्ट्रि्रय बिमान स्थलमा आवतरण गरेँ । सायद त्यो दिन मेरो जीवनको ठूलो उपलब्धिको दिन थियो । चैत्र महिनाको उजाड पाखामा लालीगुराँस ढकमक्क फूलेर वनै उज्यालो भएजस्तै थियो मेरो मन ।

मेरा लागि तिमी हातमा फूलको गुच्छा लिएर स्वागत गर्न आएकी हुनुपर्छ भन्ने सोच्दा मेरा आँखामा आँसु छछल्किन्थे, तर त्यहाँ कोही थिएन । पछि थाहा भयो, मेरो संसार लुटिसकेको छ । पैसा पठाउन्जेल मात्र उनी मेरी थिइन् । उनीजस्ती युवतीका कारण माया बद्नाम भएको छ ।

जगत
Read the story >

Nepali Lekh Rachana - Kanchi Ko Yaadma Bhaujulaai Chithi



कान्छीको यादमा भाउजूलाई चिठी

भाउजू, तपाईंको पत्र पाएँ । हाम्रो मायाका बारेमा जान्ने इच्छा गर्नुभएको रहेछ । तपाईंलाई थाहै छ म कान्छी भनेपछि कति माया गर्थें । कान्छीको माया पनि तपाईंले देख्नुनै भएको थियो । उनको मायाको सीमा नै थिएन । तर के गर्नु भाउजू जहाँ धेरै माया हुन्छ त्यहाँ बिछोडले खाडल जमाएको हुँदोरहेछ । थाहा पाउनु भो भाउजू कान्छीले अर्कोसँग बिहे गरिछे । मेरो माया बुझ्न सकिन मेरो पनि दुख्ने मुटु थियो, रुने आँखा थिएन, झर्ने आँसु थियो । लडाइँमा हारेको सिपाहीझैँ घाइते बनाएर गई । हो तपाईंले भनेका वाणीहरू आज मेरो कानमा फनफन गर्दै घुमिरहेका छन् । हो तपाईंले सत्य भन्नुभएको थियो 'पुरुषको भाग्य र महिलाको विश्वास कहिल्यै नगर्नु' भनेर । हो भाउजू, बुढो लाहुरेले सजाएर राखेको रुमाल जस्तो उनको तस्बिर सजाउनुबाहेक अरू कुनै उपाय छैन ।

भाउजू, तपाईंलाई थाहै छ कान्छीलाई एकदिन नदेख्दा पानी खान नपाएर छट्पटिएको मृगझैँ त्यो दिन छट्पटिएर बित्थ्यो । तर आज म कसरी बाँचिरहेको छु मलाई नै थाहा छैन । भाउजू, म त्यो अतीत सम्झन पनि सक्दिनँ, अनि बिर्सन पनि सक्दिनँ ।

तर कान्छीले बिहा गरेपछि पनि सुख नपाएको कुरा मैले सुनेँ । पोइले सधैँ रक्सी खाई कान्छीमाथि नराम्रो व्यवहार गर्छ रे । अहिले त कान्छीलाई घरबाट निकालिदिएर अर्की स्वास्नी लिई बसेको छ रे । मानिसको माया कस्तो हुन्छ भाउजू कोही कान्छीका लागि रातदिन तड्पिएर मर्नतयार छ कोही कान्छीलाई तड्पाएर मार्न तयार छ । कान्छीमाथि ममा कहिले घृणा थिएन बरु माया झन् बढ्दै गयो । लोग्नेले घरबाट निकालेपछि कान्छीको अत्तोपत्तो केही छैन रे, विचरा साह्रै दुःख पाई अहिले कहाँ होली कान्छी ?

भाउजू, कान्छीलाई तपाईंले सपनामा होस् वा विपनामा होस् चाहे कल्पनामै किन नहोस् जहाँ भेट्नुभए पनि भनिदिनु होला आज पनि तिमीलाई जीवनले पर्खिरहेको छ । हो भाउजू, कान्छीले अर्कैसँग बिहा गरेर गए पनि मेरो लागि अझै ऊ पवित्र नै छे । उनको आशमा बाँचिरहेको छु । ल त भाउजू उही तपाईंको अभागी देवर ।
Source :- Saptahik
Read the story >

Nepali Lekh - फेरि भेट कहिले होला ?


 फेरि भेट कहिले होला ? (- Saptahik Weekly)
त्यसबेला म स्नातक तह दोस्रो वर्षो विद्यार्थी २२/२४ वर्षो उमेर, साथीभाइहरूस“ग रमाइलोका साथ बितिरहेका थिए । म स्वभावले अलि लजालु प्रकृतिको छु । यसै क्रममा मेरो एक जना पुरानो मित्रस“ग भेट भयो । उनी कामविशेषले मलाई नै खोज्दै क्याम्पसमा आएका रहेछन् । ती मित्रका साथ एक युवती पनि थिइन् । उनको साथमा आएकी युवतीस“ग मेरो परिचय भयो । कारण उनको रूप र स्वभावले म आकषिर्त भए“ ।

उनी अध्ययनका लागि हाम्रो कलेजमा भर्ना हुन आएकी थिइन् तर भर्नाको म्याद सकिएको थियो । मैले पनि उनीस“ग सम्बन्ध बढाउने मौका पाए“ र युनियनको सिफारिसका माध्यमबाट भर्ना गरिदिए“ । त्यही माध्यमबाट म र मेरा मित्र उनको धन्यवादको पात्र बन्यौं । त्यसपछि हाम्रो भेटघाट बढ्न थाल्यो । उनी क्याम्पसमा नया“ भएका कारण हाम्रो भेटघाट बढ्न थाल्यो । मैले भित्रभित्रै उनलाई मन पराउन थालिसकेको थिए“ तर मलाई थाहा थिएन उनको मप्रतिको हेराइ के थियो - उनीस“गको बोलाइमा लाग्थ्यो- उनी पनि मलाई कतैकतै मन पराउ“छिन् । म एकोहोरो रूपमा उनीप्रति नजिकिंदै गएको थिए“ । उनलाई मैले जीवनसाथीका रूपमा हर्ेन थालेको थिए“ ।

मलाई लाग्थ्यो उनी पनि मलाई उत्तिकै माया गर्छिन् । हामी एक-अर्कालाई आफ्नो मनको कुरा भन्न सकिरहेका थिएनौं । मैले उनीसामु प्रेम प्रस्ताव राख्ने निर्ण्र्ाागरें । भ्यालेन्टाइन डेका दिन उनी सामु प्रेम प्रस्ताव स्वरूप कार्ड दिए“ । उनले मेरो कार्ड सहर्षलिइन् । कार्डमित्र मैले आफूले उनलाई धेरैभन्दा धेरै चाहने र जीवनसाथीका रूपमा अ“गाल्ने कुरा लेखेको थिए“ । म उनको जवाफको प्रतीक्षामा थिए“, तर अफसोच त्यसपछिका दिनमा न उनी क्याम्पस नै आइन् न मेरो पत्रको जवाफ नै दिइन् ।

म उनीस“ग भेट हुन्छ कि भनेर उनी अध्ययन गर्ने कम्प्युटर तालिम केन्द्रमा पनि गए“ । धेरै दिनदेखि उनी त्यहा“ पनि आएकी थिइनन् । मैले उनलाई भेट्न चाहेको कुरा बताए“ । करिब १० मिनेटका लागि समय दिने कुरा उनले बताइन् । मैले हुन्छ भनें । मैले असजिलो मानीमानी मैले गरेको प्रेम प्रस्तावको जवाफ मागें । उनले मेरो प्रश्नको चित्तबुझ्दो जवाफ दिइनन् । उनी दोधारे जवाफ दिइरहेकी थिइन् । लाग्यो उनी मबाट भाग्न खोजिरहेकी छिन् । त्यो दिन म तपाईंलाई पछि भेटेर जवाफ दिन्छु भन्दै त्यहा“बाट बिदा भइन् ।

त्यसपछि उनीस“ग मेरो भेट हुन सकेको छैन । आज चार वर्षबितिसक्यो, न भेट भएको छ, न फोन सर्म्पर्क नै । आज उनी कहा“ छिन्, के गर्दैछिन् - म उनको बाटो हेरेर बसिरहेको छु । उनी के कारणले मबाट टाढा भएकी हुन् म जवाफ खोजिरहेको छु । फेरि हाम्रो भेट कहिले र कहा“ होला -

- शिशिर
Read the story >

Nepali Lekh - असफल प्रेम

 Enjoy Reading Nepali Lekh - "असफल प्रेम" from our Weekly magazine Saptahik.
सोचेको जस्तो हुन्न रहेछ जीवन भनेजस्तै सोचेभन्दा उल्टो सावित हुन गयो । जे सोचियो त्यो भएन, जे भयो त्यो सोचिएको थिएन । कोही भेटिन्छ अमृत जस्ता त कोही भेटिन्छ विषयुक्त कपटले भरिएका । यो सांसारिक नाट्यशालामा आफ्नै लेखान्तरअनुसारको भूमिकामा छनौट भएर नाटक मञ्चन गर्नुपर्दो रहेछ । निष्ठुरी दैव भन्छन् तर हैन रहेछ दैवलाई केको दोष र सबैले आ-आफ्नो भागभोग भोग्नुपर्ने बाध्यता नै छ ।

२०५८ सालतिरको कुरा हो म काम विशेषले वीरगन्ज गएको थिएँ । वीरगन्ज जाने क्रममा म सिमरामा बसेँ । लगभग सिमरामा म दुई वर्ष नै बसेँ हुँला । दुई वर्षको बसाइमा धेरै हितैषी मित्रहरू बनाउन र बढाउन सफल भएँ तर नजिक नजिकसम्म पुगेर पनि प्रेमिका बनाउन असफल भएँ । सायद प्रेम गर्न नजानेर वा प्रेम प्रस्ताव राख्न नसकेर कसैलाई आफ्नो बनाउनबाट वञ्चित भएँ ।

आँखा नजुधेको पनि होइन, जुधेकै हो, दुवैको हेराहेर भएकै हो, बोलचाल र चिनाजानी पनि भएकै हो । उनको त्यो हँसिलो मुहारको दर्शन गर्न मात्र भए पनि म सिमरा बजार धाउँथेँ, तर देख्नेहरू भन्थे हैन यो कत्ति आइरहन्छ, म यही सोच्थेँ मेरो मनभित्रको व्यथा कसलाई के थाहा ?

उनको भावना चाहना बुझ्न कठिन भैरहेको थियो । म उनलाई चाहन्छु भन्ने कुरा मेरो साथीलाई पनि थाहा थियो र त साथी भन्ने गथ्र्यो- 'प्रेम गर्ने मानिस पछि हट्दैन अघि बढ्छ, संघर्षको मैदानमा उत्रन्छ परिआए लड्छ, जतिसुकै बाधा कठिनाइ परे पनि सामना गर्न तम्सन्छ, डरपोक हुँदैन र चाहे रेगत बगाउनै परोस् प्रेमको खातिर त्याग र बलिदान दिन्छ ।'

दिनहरू बित्ने क्रम भैरहेको थियो । भोकभोकै दिनहरू बिताउन र अनिँदोमा रातहरू काट्न धेरै अनुभवी भैसकेको थिएँ । एकातिर अफिसको काम भने अर्कोतिर प्रेम गर्ने सिलसिला एवं रीतले चलिरहेकै थियो । कहिले त समय यस्तो गतिमा बग्छ कि जो सोचेको उल्टो भइदिन पुग्छ, मेरो जिन्दगीमा पनि त्यस्तै हुन गयो । म कल्पनाको नयाँनयाँ संसारको रचना गर्थें, नयाँनयाँ भावनाको खोला तर्थें, मीठा-मीठा सपना देख्थेँ तर सबै शून्य शून्यमा परिणत... । जति जे गरे पनि म रत्तिभर विचलित भइनँ, प्रेम प्राप्तिको संघर्षमा कटिबद्ध रहे पनि सफल हुन सकिनँ । कारण प्रेमलाई भन्दा पनि ज्यादा आफ्नो कर्तव्यमा तल्लिन भएँ । सोच्नेहरूले के-के सोचे थाहा भएन, गर्नेहरूले के-के गरे थाहा भएन र भन्नेहरूले के-के भने त्यो पनि थाहा भएन ।

धेरै पत्र लेख्दा पनि जवाफ आएन

आँखा जुधे नि धेरैपल्ट माया गाँसिएन

मुटुले मुटुको भावना बुझेन

एकोहोरो प्रेमको कुनै औचित्य रहेन ।

प्रेम असफल हुनुमा केवल मेरो मात्र इच्छा जागृत भएको रहेछ, मेरो मात्र चाहनाको खोला उर्लिएको रहेछ, मैले मात्र सपना देखेको रहेछु र त भएको रहछ एकोहोरो प्रंेम... ।

अनायासै तड्पिएछु एकोहोरो प्रेम गरेर

घायल मुटु अनायासै परायालाई रोजोर

अनायासै आफ्नो बनाउने सोचेर

तर सतर्कमा पुगेछु आधा बाटोमा पुगेर ।

- उदीर्ण केसी
Read the story >

Nepali Lekh Rachana - मेरो प्रश्न

Enjoy Reading Nepali Lekh -  "मेरो प्रश्न"  from Nepali Entertainment Magazine Saptahik.
घटना २०६४ चैत १६ गतेको हो । म जेलमा थिएँ । त्यसदिन निर्वाचनको सिलसिलामा केही मानिस नख्खु जेल आएका थिए । अनायासै मेरो आँखा एक युवतीमाथि पर्‍यो । धेरै बेरसम्म मेरा आँखाहरू टोलाइरहे, ती आँखालाई चिन्ने प्रयास गरिरहे । भोट माग्ने कार्यक्रमपश्चात् मैले- हामी त यहाँका कैदी बन्दी त्यसमाथि पनि ठूलो ठूलो ताल्चा लगाएर थुनिएका छौँ । यदि तपाईंहरूले यो बन्द ताल्चा खोल्ने वाचा गर्नुहुन्छ भने यहाँको ४ सय ८२ जनाको भोट तपाईंहरूलाई नै आउँछ भनेर वाचा गरेँ । उनले पनि मेरो वाचा स्वीकार गरी आफ्नो नाम र टेलिफोन नम्बर मलाई दिइन् ।

भोलिपल्ट फोन गरेँ तर 'म अहिले एकदमै बिजी छु, आधा घण्टापछि कल गर्नु न ल...' भन्ने जवाफ आयो । आधा घन्टापछि कल गर्दा मोबाइल अफ थियो । अचानक २४ दिनपछि उक्त फोन उठ्यो तर फोन त पुरुषले रिसिभ गर्नुभयो र उहाँले भन्नुभयो- यो सिम त मैले चक्रपथमा भेटेको हँु । मैले उहाँसँग बिन्ती गरेँ- म जेलमा छु, म तपाईंलाई नयाँ सिम किनिदिन्छु, यो सिम बानेश्वरको मेरी भाउजूको पसलमा लगिदिनुस् । उहाँले मेरो पीडा बुझेर होला, मेरी भाउजूको मोबाइल नम्बरमार्फत सिम पसलसम्म पुर्‍याइदिनुभयो । मैले भाउजूलाई त्यो सिम एउटा मोबाइल सेट किनेर राख्नु भनेँ । मैले भाउजूलाई एकजना साथीको फोन आउन सक्छ । आयो भने यो सिम मेरो साथीले दिएको हो । तपाईंलाई चाहिन्छ भने नख्खु

जेलमा उसलाई भेट्न जानुहोला भन्न लगाएँ ।

१८ घन्टापछि फोन आयो अनि आखिर उनी मलाई भेट्न आइन् । धेरै कुरा भयो । मैले सोधेँ के तिमीले आजसम्म कसैलाई प्रेम गरेकी छौ ? खै मेरो प्रश्नभित्र के थियो उनले एकछिन मेरो आँखामा हेरिन र लजाउँदै भनिन्- अहँ छैन । किन र ? त्यसपछि नै मैले प्रेम प्रस्ताव राखेँ । उनले मेरो भावनालाई स्वीकार गरिन् । हामीले एकअर्कालाई साथ दिने वाचा गर्‍यौ । म जेलमा उनी बाहिरी संसारमा भए पनि दिनमा १० पटकसम्म हाम्रो कुरा हुन्थ्यो । उनले मलाई साताको एक पटक भेट्न आउने वाचा गरिन् ।

हाम्रो भेटघाट १८ महिनासम्म चल्यो । एक दिन फोनमा कुरा हुँदा मेरो मुटुभित्र छुरा रोपियो । दिन नै रातजस्तो भयो । जिन्दगीमा सजाएका सारा सपना सिसाझैँ चकनाचुर हुन पुगे । फोनमा जवाफ आयो- आजदेखि मलाई फोन नगर्नुहोला म तपाईंसँग जीवन बिताउन सक्दिनँ । किन भनेर सोध्दा पनि जवाफ आएन ।

तिमी मेरो साथमा थियौ, म कति उमंगमा थिएँ । तिमीले

मलाई यो कुन जन्मको पापको सजाय दियौ ? न भुल्न सक्छु न खुसीसँग रमाएर साथीभाइसँग बस्न नै सक्छु । किन दियौ यस्तो पीडा ? मेरो के गल्ती थियो ? किन मलाई दोबाटामा छाडेर गयौ ? तिमीलाई मेरो प्रश्न यही नै हो ।

रितेश
Read the story >

Nepali Lekh Rachana - अनि म एक्लो हुन्छु


Enjoy reading Nepali Lekh  "अनि म एक्लो हुन्छु" form our Nepali Entertament Magazine Saptahik.

म र मेरी मायालुले एकसाथ २०६२ सालको एसएलसी परीक्षा विराटनगरबाट दिएका थियौं ।

कुरा हो मिति २०६३ साल जेठ १३ गते बिहानको । उनलाई अघिल्लो रात अचानक सहन नसक्ने गरी टाउको दुखेकाले वीर अस्पतालमा भर्ना गरिएको थियो । सिटी स्क्यान गराउँदा उनलाई ब्रेन ट्युमर भएको देखियो । टाउकोमा पानी जम्मा भएका कारणले उनको ढाडबाट त्यो पानी निकाल्नुपथ्र्याे । त्यसकारण पनि उनलाई बारम्बार अस्पताल गैरहनुपथ्र्यो ।

उनको परिवारको नजरमा म उनको सबैभन्दा नजिकको साथी थिएँ । त्यो रात उनीलाई एकदम टाउको दुखेकाले अस्पताल भर्ना गर्नुपरेको खबर मैले परिवारको परिवारबाट पाएँ । म विराटनगरमा भएका कारणले रातभरि फोनको माध्यमबाट उनको सम्पर्कमा रहें । मलाई उनको मोबाइलबाट फोन आएको थियो । फोन उठाइ हलो भनें, आवाज उनको मामुको थियो । उहाँले उनी अन्तिम भइसकिन र डाक्टरले बचाउन नसक्ने भएकाले उनलाई अन्तिमपटक भेट्न

तिमी चाँडै काठमाडौं आऊ, उनी पनि तिम्रो नाम लिँदैछिन् भन्दै फोन राख्नुभयो ।

के गर्ने के नगर्ने मैले सोच्न सकिन । केही घन्टा लगत्तै उनको मोबाइलबाट अर्को कल आयो, मैले फोन उठाइ हलो भनेँ- उनको मामु रोएकी आवाजमा भन्दै हुनुहुन्थ्यो- 'बाबु उनी अब यो संसारमा छैनन् उनले हामी सबैलाई छाडेर गइन्... यति सुन्नेबित्तिकै मेरो हातबाट मोबाइल भुइँमा खस्यो, मेरा आँखामा उब्जिएका आँसु चुहिएर पोखिन थाले । म लामो सास तान्दै छेऊको कुर्सीमा बसेँ । मेरा रसिला आँखा वरिपरि उनको तस्बिर नाच्न थाले ।

म आज पनि उनलाई एकदमै माया गर्छु, उनी मेरी मायालु हुन्, मेरो मुटुको धड्कन... ।

बी.के.
Read the story >

Nepali Lekh Rachana - Samaya ko Khel

Enjoy reading Nepali Lekh Rachana "समयको खेल " from Our weekly Entertainment Magazine Saptahik.

सबैभन्दा पहिले मलाई पोखराको स्कुलमा भर्ना गरियो तर मैले पोखरामा बसेर पढ्न पाइनँ, किनभने बुबाको सरुवा भयो । फेरि हामी काठमाडौं आएर पनि भनेजस्तो भएन स्कुलमा भर्ना गर्ने समय सकिएकाले मैले काठमाडौंमा पढाइ सुरु गर्न पाइनँ । बुबाको जागिरबाट आएको पैसाले हामीलाई पाल्न मुस्किल भएपछि हामीलाई गाउँ पठाउने निर्णय गरियो । गाउँमा गएको १-२ वर्षपछि मम्मीको कोखबाट बहिनीले जन्म लिइन् । यताउता गर्दागर्दै मेरो उमेर पनि १० वर्षको पुग्यो । अर्को वर्ष म १ कक्षामा भर्ना भएर पढ्न जान थालें । कक्षा ८ मा पढ्दापढ्दै मम्मी-बुबाको खुसीका लागि मैले गाउँकी एक केटीसँग विवाह गरें ।

स्कुल पढ्ने भएकाले म उनले भनेका सबै कुरा पूरा गर्न सक्दिनथें । त्यसैले उनी मबाट टाढा हुन थालिन् । कक्षा १० मा पुगेपछि असार साउनको दुई महिना म ट्युसन पढ्न कोटेश्वर गएको थिएँ । एकसाता त राम्रैसित पढें, मेरो टाउको दुख्ने रोगले गर्दा पढ्न सकिनँ । उपचारका लागि बुबाले धेरै ठाउँमा लानुभयो । काठमाडौंमा मेरो उपचार नभएपछि मलाई फेरि गाउँमा लगियो ।

मलाई घरमा लगेर जहाँ राखिएको थियो त्यहाँ म हिँड्न, खान सक्दिनथें । त्यो बेला मेरा मम्मी-बुबा गहभरि आँसु लिएर बस्नुभयो । म त्यस्तो अवस्थामा हुँदा पनि मेरी श्रीमतीले के भयो भनेर कहिल्यै सोधिनन् । मैले विवाह गरेर ल्याएकी श्रीमतीले कहिल्यै पनि मायाको आभास दिइनन् । हिँड्न सक्ने भएपछि मैले अध्ययनलाई निरन्तरता दिएँ । मैले राम्रोसँग पढ्न नपाई एसएलसी दिएँ । मेरो एसएलसीको नतिजा राम्रो आयो तर मैले एसएलसीपछि अध्ययन अघि बढाउन सकिनँ किनभने मैले विवाह गरेकी श्रीमतीले पनि मलाई छाडेर कहिल्यै आउँदिनँ, तेरो भर पर्दिनँ भनेर घरबाट सदाका लागि बिदा भइन् । अनि गाउँका सबै चोटहरू बिर्सिएर काठमाडौंमा आएर रेस्टुराँमा काम गरिरहेको थिएँ । काम गर्ने क्रममा मेरो हात टाँका लगाउनुपर्ने गरी काटियो । उपचारचाहिँ अफिसबाटै भयो ।

म अहिले पनि मनभरि चोट, पीडा अनि आँसुका मुहानहरू रोकेर हिँडेको छु । रुन मन लागेर कसैले नदेख्ने ठाउँमा जान्छु । अहिले चाहिँ मैले चाहेजस्तो काम पाएको छु ।

पी. गिरी
Read the story >

Nepali Lekh Rachana - Antim Patra


This time we have "अन्तिम पत्र..." in our Lekhrachana segment snipped from our weekly magazine Saptahik.  Enjoy Reading and don't forget to leave your view about the story.


अहिले रातको ११ बजेको छ । गाउँघर सुनसान छ । कुनै घरमा बत्ती बलेको छैन । कुनै घरमा मानिसको आवाज छैन, सबैजना मस्त निद्रामा छन् तर म निदाउन सकेको छैन । निदाउनका लागि पल्टिएर आँखा बन्द गर्छु, आँखाभित्र तिम्रो तस्बिर झलझली नाच्छ । अनायासै आँखाबाट तिम्रो सम्झनामा आँसु बग्न थाल्छ अनि सिरानी छाम्छु आँसुले सिरानी लथ्रक्क भिजेको छ । फेरि सुत्नका लागि कोल्टे र्फकन्छु तर पनि मेरो आँखामा निद्रा आउँदैन केवल तिम्रो तस्बिर र तिम्रो सम्झना मात्र आइरहन्छ ।

रातभरि छट्पटाउँदा छट्पटाउँदै बिहानीपख भाले बस्दा अचानक आँखा उघि्रन्छन् र मझेरीमा निस्कन्छु अनि उदाएको सूर्य हेर्छु केवल तिमीलाई नै पाउँछु । तिम्रो त्यो मुहार, तिम्रो त्यो माया सम्भिmरहन्छु । खै तिमीलाई

कसरी भनूँ आजभोलि म तिम्रो यादमा टोलाइरहन्छु ।

केवल तिमी र्फकने आशामा देउरालीको चौतारीमा पर्खिरहन्छु । तिमी आउने दिन गन्दै औंलाहरू भाँचिरहन्छु । मलाई यो संसारमा एक्लो पारी तिमी अरू कसैको साथमा रमाइरहेकी हौली हैन ? तिमीले यदि मलाई छोड्नु नै थियो भने किन मीठा-मीठा सपना देखाई सँगै मर्ने सँगै बाँच्ने कसम खायौ ? म यही प्रश्नको उत्तरका लागि तिमीलाई पर्खिरहेछु ।

मलाई अब रहर छैन तिमीलाई मुटुमा सजाएर पलपल तिम्रो यादमा डुबिरहन तर के गर्नु तिमीसँग बिताएका पलहरू, तिमीले खाएका वाचा कसमहरू सम्भिmन्छु अनि अनायासै आँखा रसाउँछ । तिमीले छाडी गएपछि म बाँचेर पनि मरिरहेछु मलाई थाहा छ अब म तिमीलाई पाउन सक्दिन तर के गर्नु यति कुरा थाहा हुँदाहुँदै पनि म तिमीलाई भुल्न सक्दिनँ, तिमीलाई यो मनको कुनाबाट निकाल्न सक्दिनँ बरु

तिम्रो सम्झनामा जिन्दगी काटिदिन्छु तर तिमीलाई एक पल नसम्झी रहन सक्दिनँ ।

अब त बाँच्नुको अर्थ नै के रह्यो र जिउँदो लास भएर अरुको बोझ बनेर र यो पृथ्वीको भार भएर त्यसैले म यो निष्ठुरी पापी संसारलाई सधैंका निम्ति त्यागेर जान्छु । तिम्रा सारा यादहरू भुलाउन र मेरो माया सदा अमर बनाउन म यो संसार छोडी जान्छु, धेरै टाढा कहिल्यै नर्फकने गरी जान्छु मलाई हाँसेर बिदा देऊ है ।

- जी.पी.
Read the story >

Nepali Lekh Rachana - Bhulna Nasake ko Aakriti


Here is the story from Jeevanko Goretoma taken from our Weekly Magazine Saptahik. Enjoy Reading this .

भुल्न नसकेको आकृति
खै के भनेर सम्बोधन गरूँ, हिजोसम्म तिमीलाई युरी भनेर सम्बोधन गर्थे । आज तिम्रो सिउँदो अरूले नै रंगाई सकेको छ ।

म मानसिक रूपले विक्षिप्त भए पनि शारीरिक रूपले कुशल नै छु । त्यो क्षणलाई कसरी बिसर्ंू मेरो मन मष्तिष्कमा तिम्रै आकृति नाचिरहेको छ, चाहेर पनि भुल्न सकेको छैन । ओठमा देखावटी हाँसो भए पनि मेरो भित्री हृदय तड्पिरहेछ । यो हृदयबाट तिम्रंो नाम, तिम्रो आकृति कसरी निकालु कुनै सादा कागजमा लेखेर मेटिँदा त दाग रहन्छ भने, मैले कागजमा मात्र होइन मेरो हृदयमा नै लेखेको छु तिम्रो नाम,

आखिर कसरी मेट्न सक्छु ? यो जन्ममा तिमी मेरो कर्ममा नहुने लेखेको रहेछ ।

मैले तिमीलाई भित्री हृदयदेखि विश्वास गरेको थिए । तिमीलाई विश्वास गरेर के पाए मैले, 'धोका' । के यही हो तिम्रो माया र विश्वास ? यसरी धोका दिने भए मलाई किन माया गर्‍यौं ? तिमीलाई विश्वास गरेर मैले आफ्नो जीवन नै वर्वाद गरेको छु । यो दुःखीलाई दुःख पाउन लेखेको जहाँ गए पनि दुःखले नछोड्ने रहेछ । घरले जा-जा र वनले आइज-आइज भनिरहेको बेला पनि के बाँचिरहु जस्तो लाग्छ मलाई तर मर्न पनि सकेको छैन, मृत्युलाई जितिरहेको छु ।

यो जन्ममा तिमी अर्काकी भयौं । अर्को जन्ममा कसकी हुन्छौं थाहा छैन । तिमी जहाँ भए पनि खुसीसँग बस्नु, हरेक कुरामा सफलता हासिल गर्नु । बनिसकेको घरलाई राम्रोसँग सम्हाल्नु । तिम्रो दाम्पत्य जीवन सुखमय रहोस् लाखौं लाख शुभकामना ।

जय
Read the story >

Nepali Aatma Katha - Mero Anutho Premkatha



It is said that Love is gift of Nature, If you fall in true love you will the value of it. But if due to a simple reason you are not able to continue your Love then. Well here we have a story " मेरो अनौठो प्रेमकथा " from our weekly magazine Saptahik. Lets check it out :-

एउटा मानिस छ जसलाई म आफूलाईभन्दा पनि बढी माया गर्छु । उ मेरो संसार हो, मेरो खुसी, रोदन, हाँसो सबै हो । उसलाई सम्झँदा म उसबाट पाएको सबै पीडा बिर्सन्छु अनि डुब्न थाल्छु उसैको याद र न्यानो स्पर्शमा । मलाई मेरो कालेको यति माया लाग्छ कि, जस्तोसुकै परिस्थितिमा पनि बिर्सन सक्दिन, तर बाध्यता छ, अनि सम्झन्छु पहिलेका ती मायाका भावनाहरू, ती स्पर्श र न्यानो साथ अनि सुरु हुन्छन् आँसुका वर्षाहरू... मेरो मन यति पिरोलिन्छ, यति अतालिन्छ, के गर्ने ? यता गए नि हुन्न उता गए नि हुन्न । अझ त्यो क्षणमा त उसको एकदम याद आउँछ । पढ्न खोज्छु पढ्न सक्दिन, उसलाई सम्झन्न भन्छु तर हरपल आँखा अघिनै नाचिरहेको हुन्छ र पछि फेरि मनलाई थाम्न सक्दिनँ र फोन नम्बर डायल गर्छु । त्यसपछि दुवै जनाको रुवाई सुरु हुन्छ । म 'मलाई एउटा डिसिजन देऊ भन्छु' तर ऊ केही भन्न सक्दैन । केवल एक शब्द भन्छ, म छाड्न पनि सक्दिनँ, अपनाउन पनि सक्दिनँ । म मन थाम्न सक्दिन रुन्छु, अनि उसलाई पनि रुवाउँछु ।

किन, साँचो माया गर्नेहरूलाई मात्र यस्तो समस्या आउँछ ? पहिलेका दिनहरूमा कहिले रिसाउँदै, कहिले हाँस्दै हाम्रा दिनहरू बित्थे । हाम्रो माया बसेको नौ महिना जति भएपछि थाहा भयो हामी दुईको गोत्र एउटै रहेछ । हिन्दु परम्पराअनुसार हाम्रो विवाह हँुदैन । यो कुरा मैले उसलाई भने र उसले यो कुरा आफ्नो परिवारसमक्ष राख्यो । उसको हजुरमुमा पुरानो मनस्थितिको हुनुहुँदो रहेछ । यो कुरा उहाँले मान्नु भएन र बिर्सने सल्लाह दिनुभएछ । एउटा त्यति सानो कुराले हामीले गाँसेको साँचो र निश्चल माया तोडिन सक्छ ? काले म अझै पनि भन्छु- हामी दुई एक अर्कालाई एकदम माया गछौर्ं भने त्यो कुराले केही फरक पर्दैर्न । तिमीले आफ्नो परिवारलाई मनाउनै पर्छ । नत्र, मायाको अर्थ के ? केवल परिवारको खुसी मात्र ? कि पहिले जस्तो व्यवहार देखाऊ, कि भनिदेऊ टाढा भइदेऊ । तर पनि म भन्छु, मलाई एक्लै नछोड म तिम्रो चोखो मायाको प्रतीक्षामा छटपटाइरहेकी छु......।

-कान्छु
Read the story >

Nepali Lekh Rachana - Timi Merai nimti Fuleki Hou


We all know that we are not right always, there may be any mistakes somethme knowingly or unknowingly  but in that condition most of we loose our precious things due to the small mistake where as some of them are forgiven to us. Well as always this time we have brought you "तिमी मेरै निम्ति फुलेकी हौं" taken from our weekly magazine Saptahik. Hope you will Enjoy reading this.
समयको गतिसँगै सबै कुरा आ-आफ्नो अवस्थालाई पार गर्न व्यस्त हुन्छ । यस्तै समयसँगै दौडने क्रममा म प्राकृतिक आकांक्षा पाल्ने अवस्थामा आइपुगेको छु । यो समयको माग हो वा मेरो चढ्दो यौवनको ? जहाँ मैले तिम्रो साथ पाउने आकांक्षा राखें । यसमा मेरो गल्ती छ भने अन्जान सम्झी माफ गर । मलाई त्यस्तो कुनै अधिकार त थिएन तर पनि तिमीलाई सम्बोधन गरी मनको भावना कागजको पानामा उतार्ने जमर्को गर्दैछु आशा छ सहर्ष स्वीकार गर्नेछौं ।

तिम्रो अमूल्य माया अनि तिम्रो मधुर बोलीले मलाई मदहोस बनाएको छ । कुनै कठोर परिस्थितिमा तिमीलाई सम्झँदा मात्र पनि सन्तोष प्राप्त हुन्छ ।

म तिम्रो दीर्घायुको कामना गर्छु । यसमा अन्यथा नसोचिदेऊ चिनजान धेरै लम्बिन नपाउँदै तिमीसँग यात्रा गरें । त्यही यात्राका क्रममा तिमीलाई अत्यधिक माया गर्न थालेछु, बगंैचामा रंगीबिरंगी फूल फुलेका भए पनि मेरो हृदयको रोजाइ तिमी नै बन्न पुग्यौं । सायद तिमी मेरै निम्ति फुलेकी हौं । तिम्रो त्यो सुन्दर मुहार अनि मीठो बोलीमाथि अलिकति मुस्कुराउँदाको सुन्दरता वर्णन गरी नसकिने, अनि तिम्रो त्यो सहयोगी भावना र अरूप्रति गर्ने तिम्रो व्यवहार.... तिम्रो व्यवहारले पनि होला म एकोहोरो भएको... ।

आजको समाजमा जताततै स्वार्थले जरा गाडेको छ । यहाँ चेतनशील भनाउँदाहरू पशुभन्दा पनि तल खसेर आफ्नो स्वार्थ पूर्तिका लागि विभिन्न जालझेल रच्न आतुर छन् । जसले गर्दा निर्दोषहरूमाथि बज्र प्रहार भैरहेको छ । जहाँत्यहीँ छलकपट, विश्वासघात अनि मायाप्रेम जस्तो अमूल्य चीजमा पनि धोका भेटि्न्छ तर तिमी र मेरो वास्तविकता त्यो होइन । मैले पहिलो नजरमै तिमीलाई रोजें, तिमीबाट टाढा रहँदा पनि हृदयको कुना-कुनामा तिम्रै तस्बिर खोज्न थाले । यो सुन्दर संसारमा तिम्रै न्यानो माया अनि साथ पाइरहुँ तिम्रै सहारामा जिन्दगीको उकालीओराली अनि भन्ज्याङहरू पार गर्दै जान पाउँ ।

- उमेश
Read the story >

नेपाली साहित्य | Nepali Lekh Rachana - Timilaai Pirolne Chha


As usual today we have तिमीलाई पिरोल्नेछ, taken from our weekly magazine Saptahik. Enjoy reading the Story and don't forget to leave your valuable comment.

प्रेम, माया, मिलन, बिछोडको कुरै सुन्न नसक्ने गरी कानको जाली फुटाएको छ । यतिमात्र होइन, छरछिमेक, दाजुभाइ, इष्टमित्रको नजरबाट चोट पाएको छु । आज बल्ल पो थाहा पाइयो प्रेम के हो ? मिलन के हो ? बिछोड के हो ? चोट के हो ? मलाई यी सबै कुराको ज्ञान दियौ तर यो ज्ञान मात्र ज्ञानमा सीमित रहयो । के गर्नु तिमीले यो मनमा लात हानेर मेरो जीवनलाई नर्क बनाइदियौ ।

तिम्रा लागि तारासँग उज्यालो सापटी लिएँ, भगवान्सँग समय मागेँ, मन्दिर मन्दिरको ढोका ढकढकाएँ । यमराजसँग मृत्यु सापटी मागेँ । आखिर यो मुटुको चार कोठा दँषित वायु सञ्चय गर्ने भकारी बन्यो । मेरा अमूल्य पल जुन मैले आफ्नो घरपरिवार, दाजुभाइ, दिदीबहिनी अनि आफूलाई जन्म दिने बाबुआमा नभनी तिम्रो लागि खर्चिएँ । तिमीलाई ठूलो पश्चात्ताप लाग्नेछ- मेरो यो चोखो माया अनि निःस्वार्थ सहयोग अनि विश्वासका लागि । तिमीले मलाई जे गरे पनि पक्कै पनि ईश्वर छन् भने ती पापहरूले तिमीलाई अवश्य पिरोल्नेछ ।

तिमीजस्ती पढेलेखेकी युवतीले रुढिवादी परम्परालाई अघि सारेर मेरो मुटुमा लात हान्यौ । मलाई मेरा साथीहरूले सल्लाह त दिएका थिए, अन्त्यमा हात्ती छिर्‍यो, पुच्छर अड्कियो भनेजस्तै हुन्छ भनेर । तिमी मेरो जीवनमा नआउँदा म असाध्यै खुसी थिएँ तर तिमी मेरो जीवनमा आएर आँधी ल्याइदियौ । त्यसैले आज मेरो जीवन अन्धकारमय भएको छ । दिनहरू सधैँ रातझैँ हुन्छन् । ऋतुहरू सधैँ हेमन्त र शिशिर हुन्छ । आज पूणिर्माको दिन पनि औँसीको कालो रात भएको छ अनि म लक्ष्य र उद्देश्यहीन भएको छु । रातमा निद्रा, भोकमा भोजन, प्यासमा पानी छैन । सबै चीज थियो सबै थोक मेरो नजरमा छैन.... भए पनि केही छैन... कतै थिएन, ती सबै चिज मेरो नजरमा छैन.... भएर पनि ग्रहण गर्ने मन छैन, देख्ने नयन छन् तर सारा संसार अँध्यारो छ । उज्यालो कतै छैन । जीवन भएर पनि रम्ने र रमाउने सहारा छैन... जहाँ मेरो जीवन नुनबिनाको तरकारी भएको छ । बिनावसन्तको हरियाली छ, बिनासंगीतको गीत छ.... ।

दुनियाँलाई थाहा भएकै कुरा हो, आज तिमी मबाट धेरै टाढा छांै । मेरो प्रेम चिप्ल्याएर आज पराइको काखमा रमाइरहेकी छौ । यो संसार तिम्रा लागि हो । जीवन तिम्रा लागि हो, म शिशिरयामको न्याउलीजस्तो बेखबर छु । कहाँ छु थाहा छैन । यो संसार हार्नेका लागि रहेनछ, केवल जित्नेका लागि मात्र । त्यो पनि तिमीजस्तो स्वार्थको खेती गर्नेहरूका लागि । त्यसैले यो संसार मेरा लागि होइन । हो, यो मेरो ठूलो भूल सम्झन्छु । तिमी जहाँ जसरी भए पनि पराईको अँगालोमा हाँसो र खुसीसहित रमाउनु, पुराना दिनहरू सम्झेर कहिल्यै नबहकिनु । अब त चाहेर होस् वा कुनै समस्यामा परेर होस् तिमीलाई आफ्नो बनाउनु त के, म आफैँ पनि यो संसारमा टिक्छु-टिक्दिनँ ? यदि आफ्नो गल्तीको माफी नै चाहन्छौ भने म सपनीमा जोगीको भेषमा भीख माग्दै आएछु भने पनि भीख नदिनु । अर्को जन्ममा तिम्रो र मेरो भेट यही सन्दर्भमा भएछ भने पनि नचिनेको जस्तो गरिदिनु ।

- विश्वास
Read the story >

Nepali Gaijatra Bishes - Chopnai Parchha Nani - Gajal By Murari Aryal


छोपी ओरी लुगा लाउने गर अब बानी,
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
कथा पनि क्या भिखारी तिम्रै लुगा माग्ने,
६० बर्षे बुढा पनि तिम्रै पछी लाग्ने ।
छोटै लुगा किन्नु पर्ने किन छानी छानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।

फेरी यस्तो गजल मैले लेख्नु नपरोस,
तिम्रो भित्री गन्जी बाहिर देख्नु नपरोस ।
छोप्दैमा के रित्तिन्छ र त्यो रूपको खानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
बैंश आको छ भन्दैमा उम्लिएर हुन्न,
पोखिएर झरेपछि कसैले नि छुन्न
मैले भन्या कुरा मान राम्रो अर्ति ठानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।

छोपी ओरी लुगा लाउने गर अब बानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।

मुरारी अर्याल
सरस्वतिनगर , काठमाडौं
Published in : onlinekhabar.com
Read the story >

Nepali Gajal - Sanka - By Bishnu Hari Timalsina


नेपालीलाई संबिधान आकाशको फल हुन्छ कि
नयाँ नेपाल बाँदरको हातको नरीबल हुन्छ कि ।।
आफ्नो कानुन आँफै लेख्न गोली थाप्ने नेपालीले
यही सोच्थे जेष्ठ चौध खुशी बाँड्ने पल हुन्छ कि ।।
लुछा चुँडी ताना तान छ एउटै कुर्सी धेरै तिर
संबिधान नलेखेरै जनता माथि छल हुन्छ कि ।।
शहिदको रगतलाइ कुल्ची हिंड्न पल्केका को
फेरी पनि युद्द तिरै देश लैजाने बल हुन्छ कि ।।
राजनीति को फोहोर मैलामा पुरिएर देश सँगै
गणतन्त्र बग्मतिको गन्हाउने जल हुन्छ कि ।।
म्याद थप्दैमा संबिधान बन्छ भन्ने के ग्यारेन्टी
सहमतीमा भाँजो हाल्ने फेरी अर्को दल हुन्छ कि ।।
एकलाई तल धकेलेर अर्को माथि चढनु भन्दा
सँगै मिली अघी बढे दुरी छिट्टै हल हुन्छ कि ।।

बिष्णुहरी तिमल्सिना
त्रि चन्द्र क्याम्पस काठमाडौं
Read the story >

Nepali Lekh Rachana - Uni Bhitra Harauda

When a Girls, your classmate starts to care you, suggests you to do anything in her way and bla bla bla. If one day she asks you the relation between you two ??? What will Be your answer, This story उनी भित्र हराउँदा    from Saptahik tries to roll us in such condition. Lets check it out.

हामी उच्च शिक्षा हासिल गर्ने क्रममा एउटै कक्षामा अध्ययन गर्ने सहपाठीका रूपमा परिचित भएका थियौँ । एक दिन एक्कासि उनले भनिन्- 'हाम्रो सम्बन्ध के हो ? अनि क्षणभरमै सोच्ने थालेँ- साँच्चै हाम्रो सम्बन्ध के हो ? धेरै घोत्लिए तर सम्बन्धको साँचो अर्थ पत्ता लगाउन सकिनँ । अन्त्यमा बाध्य भएर आधा सत्य भए पनि भनेँ- 'तिमीले मलाई कुन रूपमा लिएकी छ्यौ, त्यही हो हाम्रो सम्बन्ध ।'

म गहिरिएर सोच्न थालेँ- प्रथम वर्षदेखि तेस्रो वर्षको दैनिक क्याम्पस जीवन अनि ती शनिबार, सार्वजनिक बिदा, बन्द, हडतालका दिनहरू । त्यस अवधिमा सामान्य बोलचालबाहेक शंका गर्ने ठाउँ छैन तर तेस्रो वर्षका दिनहरू सुरु हुनासाथ हामी अनायासै नजिक भयौँ । त्यही नजिकिएकै कारण आज मैले सोच्नुपरेको छ हाम्रो सम्बन्ध के हो ?

कक्षामा सँगै बस्नु, बाटोमा बिन्दास भएर हात समातेर हिँड्नु, हामी दुईको दैनिकी थियो । हामी दुई भए केही पनि र कोही पनि चाहिँदैनथ्यो । हाम्रो आनन्दको स्रोत स्वयं हामी नै थियौँ । यो क्रम आजसम्म पनि निरन्तर नै चलिरहेको छ तर सम्बन्ध रहस्यमय छ ।

उनी मेरा लागि असल छिन् म पनि त्यत्तिकै । आज म विगतका पलहरू केलाउँदै हाम्रो सम्बन्धको अर्थ खोज्न लागेको छु । आफैँलाई कस्तो कस्तो लागिरहेछ, के जवाफ दिऊँ ? साथी मात्र कि अरू की ? यस्तै यस्तै प्रश्नहरूले मनमा अ ृदश्य सुइरो रोपिदिन्छ । आज उनको प्रश्नले मलाई शंका गर्ने ठाउँ दियो, कतै उनले हाम्रो सम्बन्धलाई अर्कै रुप दिन चाहेकी त हैनन् ? कि मेरो व्यवहारले यस्तै बताइरहेको छ ?

फेरि मनले अर्को तर्कको सहयोग लिन्छ । प्रश्नहरू जन्मिरहन्छन् । कतै मैले उनलाई असल मित्रका रूपमा मात्र हेर्नु गलत त हैन ? फेरि उनले भनेको कुरा सम्झन्छु । उनलाई त यस्तो प्रेम सम्बन्ध व्यर्थ लाग्छ, मन पराउँदिन भने कसरी... ?

उनलाई सजिलैसँग 'हामी साथीमात्र हौँ' भने पनि मलाई गाह्रो भैरहेको छ । मनमा विचारका हजारौँ नदीहरू बगिरहन्छन्, स्मृतिका पानाहरू रफ्तारमा पल्टिरहन्छन् । विगतका उनीसँगको समयले अर्धचेत बनाइदिन्छ । अवचेतन दिमागमा टाँसिएका पलहरू अब चेतनशील भागतिर गैरहेका छन् तर पनि, खै हाम्रो सम्बन्ध के हो ? म एकोहोरो सोचिरहन्छु । किन उनी घरमा ढाँटीढाँटी मलाई भेट्न आउँछिन् ? साह्रै केयर गर्छिन्, यस्तो गर, उस्तो गर, यो राम्रो, त्यो नराम्रो इत्यादि । अनि मलाई किन उनको सामीप्य मन पर्छ ? किन आफूलाई उनीभित्र हराउँदा आनन्द लाग्छ ? सोच्दासोच्दै म प्रतिप्रश्न गर्न थाल्छु, साँच्चै हाम्रो सम्बन्ध के हो ?

अज्ञात
Read the story >

Nepali Story - मिलनबिनाको प्रेम


Have you ever hared love affirs between Teacher and Student, any way this is not about the affair but you can say it as offline affair. Here we have मिलनबिनाको प्रेम from our Weekly magazine Saptahik. Enjoy Reading it.

मिलनबिनाको प्रेम

मलाई के थाहा ? तिमी मलाई हृदयदेखि नै चाहन्छौ भन्ने कुरा । म पनि तिमीलाई चाहन्थंे, तिमी पनि मलाई चाहन्थ्यौ, जुन कुरा थाहा नपाउनु तिम्रो मात्र होइन, मेरो पनि ठूलो भूल भयो । तिम्रो अन्तरआत्मादेखिको आवाज मेरो सामु आइपुग्ने तिम्रो प्रेम र मेरो हृदयबाट सिर्जित प्रेम तिमीसम्म पुग्ने माध्यमको अभाव थियो ।

'यो के कारणले भयो ? थाहा छ ?' यसको प्रमुख कारण नै तिमी विद्यार्थी र म शिक्षक हुनु हो । के गर्नु समय र परिस्थितिले प्रेमी-प्रेमिकाका रूपमा स्थापित नगराई हामीलाई शिक्षक र विद्यार्थीका रूपमा उभ्याई प्रेमको नाटक गर्न बाध्य बनायो । शिक्षक भएर विद्यार्थी सामु उभ्याएपछि नियम, परिधि र कर्तव्यभित्र बाँधिनुपर्दाे रहेछ ।

त्यसैले आज म आफ्नो पहिलो प्रेमलाई आन्तरिक हृदयमै सीमित पार्न बाध्य छु । के गर्नु, शिक्षक भएर विद्यार्थीसामु प्रेमको याचना गर्नु अनुचित हुँदो रहेछ ।

तिमीले यदि 'म तपाईंलाई माया गर्छु' भनेर भनेकी भए सायद म आफ्नो पदबाट तल झरेर पनि तिमीलाई स्वीकार गर्थें, तिमीले पनि सक्थ्यो न आफ्नो विद्यार्थी परिधिलाई तोडन् । त्यसैले त आज म 'इफ यु वान्ट टु बि चेन्ज द ओल्ड, मस्ट स्टार्ड र्फम यु' भन्ने सिद्धान्त अध्ययन गर्दै पश्चात्ताप, आत्मग्लानि भै तिम्रो यादमा तड्पिन बाध्य छु, तर तिमी दुःख नमान संसारको रीत नै यस्तै रहेछ ।

आज थाहा पाएँ तिमी मलाई चाहँदा-चाहँदै मबाट केही नभएपछि मप्रतिको पवित्र मायालाई थाँती राख्दै अरू कसैको माया स्वीकार गर्न बाध्य भइछयौ । ठीकै छ, कुनै ढोका ढकढक्याउँदा नखोलिएपछि तिमीले फेरि प्रयास गर्नुपर्ने हो । 'ढोका ढकढक्याउन नछोड, एकदिन अवश्य खुल्नेछ' भन्ने सिद्धान्त थाहा रहेनछ तिमीलाई ।

विकास
Read the story >

Nepali Lekh Rachana - Biyog Deu

 This time we have got " बियोग देऊ "in our " जीवनको गोरेटोमा " of Saptahik Weekly. Enjoy Reading it Below and don't forget to comment below :-
 बियोग देऊ
तिमी मलाई स्वीकार, म भन्दिनँ । त्यो तिम्रो मन हो तर म तिमीलाई कति मिस गर्छु र कति चाहन्छु, म आफैँलाई थाहा छ । यो जिन्दगीको यात्रा धेरै जोखिमपूर्ण बाध्यतासँगै निष्ठुर नभएको होइन । यो यात्रालाई धिकार्दै अनि हृदयको आसुधारले पागल प्रेमलाई रुझाउँदैछु ।

भन्छन्, मिलनपछि बिछोड हुन्छ । त्यस्तै हुनु रहेछ हाम्रो मायामा । कहिलेकाहीँ फूलले पनि घोच्छ अनि मात्रै आँसु मूल्यवान् हुन्छ, हृदय दुख्छ, फेरि पनि सम्झनाले कुहिरोसरि सताउँछ । यो कस्तो पीडा अनि कस्तो विडम्बना, वास्तवमा माया विचित्रको छ अनि हाम्रो जिन्दगी पनि ।

कसैले यात्रासँगै भएको आघात अनि वियोगमा जलिरहने यो प्रेम आशा अनि पर्खाइ दुवैको सम्बन्ध गाढा बनाउन तिमीले साथ नदिएको होइन, तर नखाएको अमृत पनि विष बन्दो रहेछ । मुटुभित्रको धड्कनलाई रोकिदिऊँजस्तो हुन्छ । तै पनि म हाम्रो प्रेमप्रति खेद व्यक्त गर्दिनँ ।

तिमीलाई हरेक मोडमा चाहन्छु । तिमीसँग जिउन चाहन्छु भने सम्पूर्ण दुःख बिर्सिदिन पनि । हाम्रो मिलन अधुरो छ... । मेरो यो आँसु कसैका लागि विषय नबनोस् । भूल भयो मलाई वियोग देऊ ।

-१६५
Read the story >

Nepali Lekh Rachana - मेरो नेपाल, तिमी बिना म शुन्य भएछु


 मेरो नेपाल, तिमी बिना म शुन्य भएछु 

कोलहल्को चिच्याहट भित्र उकुस मुकुस मनका भावनाहरू लिएर्,
खुला आकाशमा टोल्हाई रहेका आखालाई पल्ट्ने बाजी खेलाउदा,
अनि ~
मानिसको हुल भित्र पसेर आफैलाई हराउन खोज्दा,
मलाई एक्लोपनको महशुस हुन थालेछ ।

अतितको यादमा डुबुल्की मार्दा , झट्ट सम्झेछु ,
मेरो नेपाल तिमी बिना म शुन्य भएछु ।
मलाई तिमि छहराको आवाजले बोलाउने गर्थौ,
खोलाको कल्कलाईले हसाउने गर्थौ,
तर, आज ~
मेरो नेपाल तिमी टाढा हुनाले
छहरा र खोलाको आवाज सुन्ने कानले
मोटर र जहाजका कानै फुटाउने आवाजहरु
र,
सल्लाघारीको सुसाइको बदलामा
रेडियो र टिभीका तरंगहरु सुन्नु परेको छ
त्यसैले होला ,
यिनै पटयार लाग्दा तरंगहरुले गर्दा
मेरा कान फाट्न लागी सके
अब त मलाई,
किन हो कुन्नि डर लाग्न थालेको छ l
मेरो नेपाल ,
तिम्रो सुन्दर पाखा र पखेरीको स्पर्श नपाएर ,
आज म एकान्त ठाउमा पनि आफुलाई हराएको पाउछु l
मानिसको हूलमा मानिसलाई नै देख्न छाडेको छु ,
साच्ची ,
मेरो नेपाल तिमी बिना म शुन्य भएछु l

तिमी मलाई माया गर्थौ ,
प्यासमा पानी दिन्थौ, भोकमा खाना खुवाउथ्यौ
तिमीलाई आफ्नै आमा सम्झी म पनि
तिम्रै छातीमा लडिबुडी खेल्ने गर्थे
तर,
आज म तिमीबाट टाढा हुँदा
प्यास र भोकमा तिमीलाई नै सम्झन पुग्दछु,
मेरो नेपाल तिमी बिना म शुन्य भएछु l

मलाई बिश्वास गर ,
म जति टाढा भए पनि तिम्रै कोखको सन्तान हुँ
एक मुट्ठी रगत रहुन्जेलसम्म तिम्रै लागि लड्ने छु
विश्वमा तिमीलाई चिनाई छाड्ने प्रण पनि गरेको छु l

Nawa-Raj Pokharel
President
NRNA, Romania NCC
नवराज पोखरेल, बुखारेस्ट, रोमानिया
Read the story >

Latest News Updates

Sahikuro.com

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.