Latest Update :

Nepali Actress and Model Rupa


भकुन्डेबेसी, काभ्रेकी स्थायी बासिन्दा रूपा कृषि विज्ञानकी छात्रा हुन् । पेसाले उनी जेटीए हुन् । प्राविधिक क्षेत्रमा काम गरिरहेकी रूपा अब भने जेटिएभन्दा बिल्कुलै भिन्न विधा अभिनयतर्फ आकषिर्त भएकी छिन् । 'मसँग कृषि विज्ञानमा जेटीए उत्तीर्ण गरेको प्रमाणपत्र छ,' चलचित्र नायिका बनिसकेकी रूपा भन्छिन्-
'अभिनयचाहिं सौख पूरा गर्न थालेकी हुँ ।' जेटिएको प्रमाणपत्रका कारण उनी जुनसुकै बेला आफ्नो मूल पेसामा र्फकन सक्छिन् । 'तर दुई-चार वर्षचाहिं चलचित्रमै काम गर्ने रहर छ ।' प्रदर्शनको तयारीमा रहेको चलचित्र 'दशगजा' मार्फत प्रस्तुत हुने तयारी गरिरहेकी रूपाले यसअघि भोजपुरी चलचित्र 'भैया राखीके लाज रखिय' मा नायिकाको भूमिका निर्वाह गरिसकेकी छिन् । डिजिटल चलचित्र 'परिधी' का कामुक युवतीको भूमिका निर्वाह गर्नुअघि रूपाले पहिलो पटक अभिनय गरेको चलचित्र चाहिँ 'माया नगर' हो । यो चलचित्रमा उनले दिलीप रायमाझीकी बहिनीको भूमिका निर्वाह गरेकी थिइन् । ५ फिट ३ इन्च अग्ली रूपा प्रायः हाफ पाइन्ट र टिसर्ट लगाउँछिन् । 'ती पहिरन लगाउँदा मलाई कामुक देखिन्छ भन्छन्, रूपा भन्छिन्- 'त्यसो त मलाई सारीमै पनि कामुक देख्नेहरू प्रशस्तै छन् ।' यौनलाई शारीरिक आवश्यकताका रूपमा चित्रण गर्ने रूपा विवाहपछिको यौनसम्बन्धकी पक्षपाती हुन् । 'विवाहअघिको यौन फेसन मात्र हो, जसमा म रत्तिभर आकषिर्त छैन ।' २३ वर्सिया रूपा अझै केही वर्ष विवाह नगर्ने धारणा व्यक्त गर्छिन् । त्यसो त रूपाले अहिलेसम्म ब्वाइफ़्रिएन्ड पनि बनाउन भ्याएकी छैनन् । उनी भन्छिन्- 'त्यो पनि एउटा फेसन नै हो, जुन टिनएजरहरूले गर्छन् ।' भविष्यमा प्रेम तथा परम्परागतमध्ये कुन विवाह गर्ने विषयमा समेत उनी अनभिज्ञ छिन् ।
- कृष्ण भट्टराई ( saptahik )

0 comments: On Nepali Actress and Model Rupa

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.