Latest Update :

Ashmin Darlami | Upcoming Actress of Nepali Movie Industry


नायिका रेखा थापा र पोखराकी अस्मिन दर्लामीबीच अहिलेसम्म जम्मा एउटा मात्र समानता छ । दुवैको ओठमाथि कालो कोठी छ तर चाँडै नै दुवैबीच अर्को एउटा समानता थपिँदैछ । रेखा स्थापित नायिका हुन्, अस्मिन चाँडै नै नवनायिकाका रूपमा दर्शकमाझ आउँदैछिन् ।
पोखराको पामेस्थित बिहानी टोलकी अस्मिन वर्ष २०६७ मा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने तयारी गर्दैछिन् । तीन जना नायिकाले अभिनय गर्न लागेको एउटा एक्सन प्रधान चलचित्रमा अस्मिन एक्सन नायिकाको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रमा नायकले झैं फाइट खेल्नुपर्ने भएपछि उनी विगत एक महिनादेखि द्वन्द्व निर्देश्ाक एनबी महर्जनसँग फाइट खेल्ने प्रशिक्षण लिइरहेकी छिन् । अस्मिनले नृत्य र अभिनयको प्रशिक्षणलाई पनि जारी राखेकी छिन् । राजधानीकै एउटा कलेजमा ११ कक्षामा अध्ययनरत अस्मिन ५ फिट ५ इन्च अग्लि छिन् । साथीहरूले आफ्नो अग्लो कदकै कारण मोडलिङ तथा चलचित्र क्षेत्रमा प्रवेश गर्न उक्साएपछि उनी ग्ल्यामरस क्षेत्रमा आइपुगेकी हुन् । मेकअपमा खासै रुचि नराख्ने अस्मिन आँखामा भने गाजल छुटाउँदिनन् । उनलाई शरीरका अंगमध्ये आँखा नै सबैभन्दा पि्रय छ । 'साथीहरू पनि मेरो आँखै नशालु छ भन्छन्, अस्मिनका अनुसार उनलाई स्लिभलेस टिसर्ट र हाफपाइन्टमा कामुक देखिन्छ । हालसम्म ब्वाइ ब्वाईफ़ेन्ड बनाउन नभ्याएको बताउने अस्मिनलाई कसैले प्रेमप्रस्ताव राख्यो भने के गर्लिन् ? उनी भन्छिन्- 'ठाडै अस्वीकार गर्छु । करियर बनाउने बेलामा प्रेममा पर्नु राम्रो होइन ।' source :- saptahik

Checkout some Photo Snaps of Ashmin Darlami by merowebsites.com


0 comments: On Ashmin Darlami | Upcoming Actress of Nepali Movie Industry

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.