Latest Update :

पदमको उपचारका लागि अमेरिकाबाट सहयोग



काठमाडौं, मंसिर २० - एमाओवादी अध्यक्ष पुष्पकमल दहाललाई थप्पड हान्ने बाग्लुङका पदम कुँवरको नाकको उपचारका लागि अमेरिकामा बस्दै आएका एक नेपालीले १० हजार रूपैयाँ नगद सहयोग पठाएका छन् ।
पदमलाई सहयोग गर्ने उनी काभ्रे सीपाली मुल घर भएका अर्जुन प्रसाद मैनाली हुन् । दाहाललाई थप्पड हानेपछि एमाओवादी कार्यकर्ताले कुटपीट गर्दा उनको नाकको हड्डी भाँचिएको थियो ।

कान्तिपुर मार्फत १० हजार रुपैया पठाउने उनी अमेरिकाको न्यूयोर्कमा बस्छन् । रक्तदाताका रुपमा परीचित ४४ वर्षीय मैनालीले कान्तिपुर दैनिकमा प्रकासित 'पदमका बा काठमाडौं आए' समाचारबाट उनको परिवारको नाजुक अवस्था पढेर सहयोग रकम पठाएको बताएका छन् । व्यक्तिगत आम्दानीबाट बेला बेला नेपालका गरिव, असाहय, स्कुल, सुत्केरी, महिला, बिभिन्न संघ संस्थाहरु लगायतलाई सहयोग गर्दै आएका उनले बाग्लुङ राजकुटका पदमलाई सिप मुलक तालिमकालागि वा परिवारकोअति आवश्यक कार्यकालागि सघाउन रक्तदाताका हैसियतले रकम पठाएको कान्तिपुरलाई इमेलमा लेखेका छन् ।

अमेरिकी नागरिकहरुका लागि आवश्यक पर्ने रगत प्रवासी नेपालीहरुबाट संकलन गरी रक्तदान अभियान चलाइरहेका मैनाली आफैले भने हालसम्म १ सय ३ पटक अर्थात ते्रह ग्यालेन रगत दान गरिसकेका छन् । पदमका बुवा प्रेम बहादुर कुँवरले आफुहरुसँग आर्थिक अभाव भएकाले उक्त रकम छोराको नाकको उपचार र कानुनी खर्चमा लगाउने बताएका छन् । 'हामीसँग पैसा छैन, छोराको नाक काम नलाग्ने छ, यो रकम उस्कै उपचारमा खर्च गर्छु,' उनले बाग्लुङबाट भने ।
कात्तिक १ गते एमाओवादीले भृकुटीमन्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पदमले दहाललाई  चड्कन हानेका थिए । उक्त घटना भएको एक सातापछि छोरा भेट्न राजधानी आएका प्रेम छोराको मुद्धा किनारा नलागेपछी बसाई छोट्याएर प्रेम बहादुर गाउ फर्केका थिए । 

पदम हाल प्रहरीको २ नम्बर गण महाराजगंजको हिरासतमा छन् । तर मानसिक अवस्था ठिक नभएकी पदमकी ५६ वर्षीया आमा हरि कुमारीलाई परिवारजनले घटना सामान्य भएको र पदम काममा फर्किसकेको झुटो खबर बताएका छन् । पदमकी दिदी प्रतिमाका अनुसार, उनी पदमसँग कुरा गराइदेउ भन्दै हरेक दिन डाको हालेर गाउमा रुने कुराउने गर्छिन् । 'आमा भाइसँग कुरा गराइदेउ भनी दिनदिनै रुने कराउने गर्नुहुन्छ तर हामीले ऊ (पदम) कामका गएको छ , उस्को मोबाइलमात्रै प्रहरीले अनुसन्धानकालागि राखेको छ भनी टार्दै आइरहेका छौं,' वैद्यपक्षकी जिल्ला नेतृ प्रतिमाले भनिन् ।

युद्धकाबेला माओवादीमा प्रवेश गरेकी प्रतिमा र साइला छोरा टेक बहादुरका कारण शुरक्षाकर्मीले दिएको मानसिक तनावका कारण हरिकुमारीको मानसिक अवस्था ठिक छैन् । चड्कन घटनालाई सामन्यकरण गरी कुँवर परिवारले हरिकुमारीलाई सान्त्वना दिदै आएका छन् । 

त्यसैगरी गृह मन्त्रालयले गठन गरेको छानविन समितिले 'पदमले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वितृष्णा र क्षणिक आवेगमा झापड हानेको निष्कर्ष निकालेको छ । परिवार नै जनयुद्धदेखि माओवादीमा लागेर भोग्नुपरेको पारिवारिक समस्याजन्य मानसिक तनाव तथा अन्तरमनको द्वन्द्व एवं विद्वेषपूर्ण आवेगका कारण घटना भएको' प्रतिवेदनमा उल्लेख छ । कुँवरसँग प्रहरीले ५ पटक बयान लिएको थियो ।
साभार : कान्तिपुर दैनिक

1 comments:

  1. Unknown
    Said

    gravatar

    म पनि सहयोग गर्न चाहन्छु । कृपया कुनै पनि बैंकको खाता नम्बर दिनु होला ।
    please give me your bank a/c no. on this mail id salaamnamaste12@gmail.com

    December 5, 2012 at 8:16 AM

Post a Comment

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.