Latest Update :

Popular Posts

Showing posts with label news of world. Show all posts
Showing posts with label news of world. Show all posts

अमेरिकी रास्ट्रपति बाराक ओबामाका अगाडि नाच्ने १५ वर्षीय किशोरीको गोली हत्या


एजेन्सी । बाराक ओबामाका अगाडि आफ्नो प्रस्तुती देखाएकी एक १५ वर्षीय किशोरीको मंगलबार गोली हानी हत्या गरिएको छ । बाराक ओबामाको दोस्रो कार्यकालको औपचारिक सुरूवातका अवसरमा भएको कार्यक्रममा आफ्नो प्रस्तुती देखाएकी १५ वर्षीय किशोरी हाडिया पेन्डलेटनको वासिङ्टनबाट फर्केलगत्तै हत्या भएको हो । हाडिया आफ्ना साथीहरूसँग बाराक ओबामाको परिवारको घर नजिकै रहेको पार्कमा घुमिरहँदा पछाडिबाट गोली हानिएको बताइएको छ । अमेरिकामा भइरहेको गोलीकाण्डमा यस काण्डले थप सनसनी मच्चाएको छ । यो वर्ष मात्रै सिकागोमा कम्तिमा ४० जनाको गोली काण्डमा परी मृ्त्यु भइसकेको बताइएको छ ।

हाडियासँगै रहेकी उनकी साथी क्लिन जोन्सले आफूले एक राम्रो र माया गर्ने साथी गुमाको बताएकी छिन् । आफूहरू रमाइलो गरी घुमिरहँदा स्थानीय समयअनुसार करिब २ बजेतिर हाडियालाई गोली हानी मारिएको उनले बताइन् । जोन्सले आफूहरू पार्कमा करिब १२ जना साथीहरूसँग घुमिरहेको बेलामा पानी परेको र त्यही बेलामा आफूहरुले एक रूखमा ओत लागेको बताइन् । सोही समयमा एक व्यक्ति बार नाघ्दै आफूहरूतर्फ आएको र हाडियालाई गोली हानी गाडिमा भागेको बताइन् । उनका अन्य साथीहरूले पनि हाडिया निकै राम्री र सबैले मन पराउने साथी भएको बताएका छन् । हाडिया अमेरिकी राष्ट्रपति बाराक ओबामा जस्तै अफ्रिकन अमेरिकी नागरीक रहेको बताइएको छ ।
Read the story >

Latest News Updates

Sahikuro.com

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.