Latest Update :

Popular Posts

Showing posts with label news of nepal. Show all posts
Showing posts with label news of nepal. Show all posts

Nepali News - बाबुद्वारा बेचिइन् छोरी



 [मोतीलाल पौडेल - Kantipur Daily] सुर्खेत, माघ ५ - घरबाट भागेर भारतको दिल्ली पुग्दा नजिकैकाहरूको जालमा परेर कोठीमा पुगेकी एउटी निरीह महिला बाबुलाई भेटेर घर र्फकन चाहन्थिन् । तर परिस्थिति अर्कै भइदियो । 

उल्टै बाबुले कोठीबाट छोरीलाई छुटाउनुको सट्टा दुई वर्षअघि  १५ हजार भारु हत्याएर दोस्रोपल्ट बेचिदिएको रहस्य खुलेको छ । कोठी आएको एउटा ग्राहकले समिता (नाम परिवर्तन) लाई त्यसरी बिछट्टै मन नपराएको भए सायद उनी अझै दिल्लीका नर्कजस्तो कोठीमै हुन्थिन् । पछि त्यही ग्राहकसँग भारतमै अदालती विवाह गरेकी उनी माइत आउँदामात्र यस्तो खुलासा भएको हो । आफ्नै गाउँकी ममता वादीले सञ्चालन गरेको कोठीमा पहिले बेचिएकी उनलाई बाबुले समेत रकम लिएर त्यहीँ छाडेका देखिएको प्रहरी उपरीक्षक विश्व निरञ्जन प्रधानले बताए । 

बेचबिखनमा बाबुसहित धेरै जनाको संलग्नता रहेको लिखित बयान दिएको आधारमा थप चार जनालाई पक्राउ गरिएको पनि प्रधानले जनाए । पक्राउ पर्नेमा समिताका बाबु पर्शुराम बुढाथोकी मिजार, सानोजात्रीकै ५२ वर्षीय बिसे कामी, २२ वर्षीय ओम मिजार र तुलसी वादी छन् । प्रहरी उपरीक्षक प्रधानले बेचबिखन कार्यमा संलग्न गिरोह धेरै ठूलो रहेको र केही फरार रहेको बताए । पक्राउ परेकी तुलसी वादी ममताकी आमा रहेको र बिसे, ओम कोठी सञ्चालनका सहयोगी भएको प्रहरीले जनाएको छ । 'कोठीमा अझै धेरै नेपाली चेली रहेको पनि ती युवतीले बताइन्,' प्रधानले भने ।

कोठीमा आउने ग्राहक भारतीय नागरिकको प्रेम बसेपछि गत जुन महिनामा उनीहरूले कोर्ट म्यारिजसमेत गरेको बयान तथा कागजपत्र रहेको प्रहरी उपरीक्षक प्रधानले बताए । युवतीलाई मन पराएपछि सम्पर्कका लागि फोन छोडेर गएका ती ग्राहकले कोठीमा प्रहरीले छापा मार्ने क्रममा बाहिर निकालेको बयान प्रहरीलाई उनले दिएकी छन् । कोठीबाट बाहिर निस्केपछि भारतीय प्रेमीसँग बिहे गर्ने क्रममा बाबुलाई पनि ममताले निम्त्याएकी थिइन् । 

प्रहरीलाई पीडितले दिएको बयानमा पर्शुरामले आफ्नो रोजीरोटी खोसेको भनी ज्वाइँसँग भारु १० हजार समेत असुलेका थिए । यसबाट पर्शुरामले त्यसअघि पनि रकम लिने गरेको आशंकामा बल पुगेको छ । बुवा पर्शुरामले पनि बिक्री गरेको आरोप स्विकारिसकेका छन् । पहिलोपटक छोरी गाउँकै अरूसँग भागेर भारत गएको र पछि आफू भारत गएको समयमा छोरीले छुटाउन आग्रह गरे पनि घरमा आर्थिक समस्या भएको भन्दै १५ हजार लिई छोरीलाई उतै छाडेर फर्केको बयान प्रहरीसमक्ष दिएका छन् । उनलाई बिक्री गर्नेहरू पक्राउ परेको घटना अझै नाटकीय लाग्छ । 

पीडित युवती र उनका श्रीमान्सहित मैनतडा-३ सानोजात्रीस्थित माइती घरमा आएको बेला बाबुले धम्क्याएका थिए । फर्केर भारत जाने क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले जोडीलाई नै पक्राउ गरेको थियो । उनले झन्डै ज्वाइँलाई फसाएका । इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश तामाङका अनुसार बसमा नयाँ अनुहार देखेर सोधपुछ गर्दा युवतीले सबै कुरा बताएपछि सबैभन्दा पहिला बाबुलाई पक्राउ गरिएको हो ।
तामाङले बसमा सोधपुछ गरी बाबुलाई बोलाइदिन्छौं भन्दा युवतीले मलाई मेरो बाबुले नै पहिला बेचेको हो भन्ने जवाफ दिएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको जनाए । यसबारे मैनतडामा अनुसन्धान सुरु गरेको पहरीले जनाएको छ । यसबाट सुर्खेतको पूर्वी क्षेत्रमा मानव बेचबिखनको डरलाग्दो अवस्था उजागरसमेत भएको छ । पक्राउ परेका पाँचै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको जिल्ला अदालतका स्रेस्तेदार नारायण सापकोटाले जनाएका छन् । उनका अनुसार उक्त मुद्दामा युवतीका बाबुसहित ५ जना प्रतिवादी बनाइएको छ ।
Read the story >

पदमको उपचारका लागि अमेरिकाबाट सहयोग



काठमाडौं, मंसिर २० - एमाओवादी अध्यक्ष पुष्पकमल दहाललाई थप्पड हान्ने बाग्लुङका पदम कुँवरको नाकको उपचारका लागि अमेरिकामा बस्दै आएका एक नेपालीले १० हजार रूपैयाँ नगद सहयोग पठाएका छन् ।
पदमलाई सहयोग गर्ने उनी काभ्रे सीपाली मुल घर भएका अर्जुन प्रसाद मैनाली हुन् । दाहाललाई थप्पड हानेपछि एमाओवादी कार्यकर्ताले कुटपीट गर्दा उनको नाकको हड्डी भाँचिएको थियो ।

कान्तिपुर मार्फत १० हजार रुपैया पठाउने उनी अमेरिकाको न्यूयोर्कमा बस्छन् । रक्तदाताका रुपमा परीचित ४४ वर्षीय मैनालीले कान्तिपुर दैनिकमा प्रकासित 'पदमका बा काठमाडौं आए' समाचारबाट उनको परिवारको नाजुक अवस्था पढेर सहयोग रकम पठाएको बताएका छन् । व्यक्तिगत आम्दानीबाट बेला बेला नेपालका गरिव, असाहय, स्कुल, सुत्केरी, महिला, बिभिन्न संघ संस्थाहरु लगायतलाई सहयोग गर्दै आएका उनले बाग्लुङ राजकुटका पदमलाई सिप मुलक तालिमकालागि वा परिवारकोअति आवश्यक कार्यकालागि सघाउन रक्तदाताका हैसियतले रकम पठाएको कान्तिपुरलाई इमेलमा लेखेका छन् ।

अमेरिकी नागरिकहरुका लागि आवश्यक पर्ने रगत प्रवासी नेपालीहरुबाट संकलन गरी रक्तदान अभियान चलाइरहेका मैनाली आफैले भने हालसम्म १ सय ३ पटक अर्थात ते्रह ग्यालेन रगत दान गरिसकेका छन् । पदमका बुवा प्रेम बहादुर कुँवरले आफुहरुसँग आर्थिक अभाव भएकाले उक्त रकम छोराको नाकको उपचार र कानुनी खर्चमा लगाउने बताएका छन् । 'हामीसँग पैसा छैन, छोराको नाक काम नलाग्ने छ, यो रकम उस्कै उपचारमा खर्च गर्छु,' उनले बाग्लुङबाट भने ।
कात्तिक १ गते एमाओवादीले भृकुटीमन्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पदमले दहाललाई  चड्कन हानेका थिए । उक्त घटना भएको एक सातापछि छोरा भेट्न राजधानी आएका प्रेम छोराको मुद्धा किनारा नलागेपछी बसाई छोट्याएर प्रेम बहादुर गाउ फर्केका थिए । 

पदम हाल प्रहरीको २ नम्बर गण महाराजगंजको हिरासतमा छन् । तर मानसिक अवस्था ठिक नभएकी पदमकी ५६ वर्षीया आमा हरि कुमारीलाई परिवारजनले घटना सामान्य भएको र पदम काममा फर्किसकेको झुटो खबर बताएका छन् । पदमकी दिदी प्रतिमाका अनुसार, उनी पदमसँग कुरा गराइदेउ भन्दै हरेक दिन डाको हालेर गाउमा रुने कुराउने गर्छिन् । 'आमा भाइसँग कुरा गराइदेउ भनी दिनदिनै रुने कराउने गर्नुहुन्छ तर हामीले ऊ (पदम) कामका गएको छ , उस्को मोबाइलमात्रै प्रहरीले अनुसन्धानकालागि राखेको छ भनी टार्दै आइरहेका छौं,' वैद्यपक्षकी जिल्ला नेतृ प्रतिमाले भनिन् ।

युद्धकाबेला माओवादीमा प्रवेश गरेकी प्रतिमा र साइला छोरा टेक बहादुरका कारण शुरक्षाकर्मीले दिएको मानसिक तनावका कारण हरिकुमारीको मानसिक अवस्था ठिक छैन् । चड्कन घटनालाई सामन्यकरण गरी कुँवर परिवारले हरिकुमारीलाई सान्त्वना दिदै आएका छन् । 

त्यसैगरी गृह मन्त्रालयले गठन गरेको छानविन समितिले 'पदमले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वितृष्णा र क्षणिक आवेगमा झापड हानेको निष्कर्ष निकालेको छ । परिवार नै जनयुद्धदेखि माओवादीमा लागेर भोग्नुपरेको पारिवारिक समस्याजन्य मानसिक तनाव तथा अन्तरमनको द्वन्द्व एवं विद्वेषपूर्ण आवेगका कारण घटना भएको' प्रतिवेदनमा उल्लेख छ । कुँवरसँग प्रहरीले ५ पटक बयान लिएको थियो ।
साभार : कान्तिपुर दैनिक
Read the story >

Read Online Nepali Newspapers Daily Updated

If you want to be in touch with Nepali News updates, events happening in Nepal and many more than here you can get the news on your topic that you are searching for.

News Papers
Daily


1 Annapurna Post Nepali Daily newspaper

2
enepalnews.com http://www.chitawan.com/index.htm

3 freenepal.com Swantantra Nepal - Global Network of Daily Nepali News, Literature, Art & Culture

4 Gorkhapatra National Daily Government-owned

5 Himal Khabar newspaper by Himalmedia

6 Kantipur Nepali Daily newspaper

7 Mahanagar Evening Daily published by Kamana Prakasan

8 Nepal Democracy Gateway to Nepali Politics and Civil Society

9 Nepal Samacharpatra Nepali daily, News of Nepal

10 Nepali Post Nepal's first Nepali language online newspaper

11 NepalNews.Com News from Nepal As it happens

12 Newslook Nepal's First Online Newsmagazine, Online since 1999

13 The Himalayan Times English Language Daily newspaper

14 The Kathmandu Post English Language Daily newspaper

15 The Rising Nepal English Language Daily newspaper Government-owned

16 Sandhya Times Daily in Newari published in Kathmandu





Weekly


1 Budhabar National Nepali Weekly

2 Bishwo Nepali

3 Dishanirdeshan Today National Nepali Weekly

4 Janastha National Nepali Weekly

5 Nispakshya जनचेतनाको जागृतिको लागि

6 Deshantar National Nepali Weekly

7 Drishti National Nepali Weekly

8 Janadharana National Nepali Weekly published in nepali every Thrusday

9 Nepali Times Weekly English language newspaper published every Wednesday

10 Saptahik Nepali Weekly published in nepali every Friday

11 Spotlight English weekly

12 Tasapaw Weekly published in Newari Language

13 The Telegraph The press and the nations Democracy rise and together

14 Samaya National Nepali Weekly



Monthly


1 ECS http://www.ecs.com.np/Your Guide to Living in Nepal

2 Himal Khabarpatrika http://www.nepalihimal.com/ हिमाल खबरपत्रिका

3 Himal South Asia http://www.himalmag.com/ The SouthAsia Trust

4

ketaketi

The first Nepali e-magazine for Dear Children.

5 Madhuparka Magazine published by Gorkhapatra Sansthan

6 Muna Magazine for children published by Gorkhapatra Sansthan

7 Nari सर्वोत्तम नारीMagazine published by Kantipur Publication

8 Nepal Magazine published by Kantipur Publication

9 Nepal Traveller Magazine that guides to know Nepal

10 New Business Age English Business Magazine

11 Peace Journalism Independent emagazine

12 The Boss Complete magazine for the business world.

13 Wave An entertainment oriented magazine by HimalMedia Pvt. Ltd.

14 Yuvamanch Magazine published by Gorkhapatra Sansthan
Read the story >

Latest News Updates

Sahikuro.com

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.