Latest Update :

Popular Posts

Showing posts with label Yuna Upreti. Show all posts
Showing posts with label Yuna Upreti. Show all posts

What Yuna Uprety Likes on Opposite Sex - Saptahik Talk


Every one knows Nepali Sweet and Sexy Actress Yuna Uprety, started her movie career from Parkhi Base and is popular for her Kiss scene on Nepali Movie Flashback. Well what do Yuna Thinks about opposite sex, her male friends. Lets check it out snipped from our weekly magazine Saptahik.


मनपर्छ

बडी स्ट्रक्चर - मलाई अग्लो ज्यान, सुगठित शरीर, चौडा छाती भएका केटाहरू आकर्षक लाग्छन् ।

ओठ - हँसिलो मुहारमा सुहाएको ओठ कसलाई मन नपर्ला र ?

आँखा - ठूला-ठूला

आँखामा लामा परेला केटा मान्छेलाई एकदमै सुहाउँछ ।

मिलनसार - महिलालाई इज्जत गर्ने र मिलनसार

केटाले कुनै पनि युवतीलाई झट्टै आकषिर्त गर्छन् ।

मन पर्दैन

दुब्लो, अग्लो - अग्लो ज्यान छ भने व्यायाम गरेर सुगठित हुनु नि । दुब्लो व्यक्तिको अग्लो ज्यान सुहाउँदैन कि जस्तो लाग्छ ।

लामो केश - केटाहरूलाई मिलाएर काटेको छोटो हेयर स्टाइल नै सुहाउँछ । लामो केश पालेको मलाई खासै मनपर्दैन, तर के गर्नु हाम्रा हिरोहरूले लामै कपाल पालेका छन् ।

फोहर जुत्ता - जुत्ता सफा हुनुपर्छ, कम मूल्यकै भए पनि । सफा जुत्ताले उसको व्यक्तित्व झल्काउँछ । म लोग्ने मानिसको जुत्ता हेरेर उसको व्यक्तित्वको मूल्याङ्कन गर्छु ।

पातलो दाह्री - फडानी भएको जंगलजस्तो दाह्री पालेको मन पर्दैन । कुनै ठाउँमा टन्नै, कुनै ठाउँमा छैन । बरु त्यस्ता केटाले दाह्री नपालेकै बेस ।
Read the story >

Yuna Uprety - Beautiful Nepali Actress


Yuna Uprety 2009 New Actress entered in Nepali Movies through a Television Competition Program , whose aim was to search best Nepali Artist among different Places of Nepal. She got her first Movie " Parkhi Base " which is her first Movie which one of the Best Movie of the Year 2009. Lets checkout her talk with Kamana.

झापाकी यमुना उप्रेतीलाई कलिउडको नायिका बन्ने रहरले काठमाडौंतिर घचेट्यो । काठमाडौं आएलगत्तै त उनले नायिका बन्ने रहर पूरा गर्न पाइनन् तर नायिका बन्नकै लागि यमुनाबाट युनाचाहिँ बन्न पुगिन् । पर्खिबसेँ नामको फिल्ममा हिरोइन बन्ने पक्का भएपछि उनले आफनो नामलाई छोट्याएर युना बनाइन् ।

फिल्मक्षेत्रमा प्रवेश गर्नासाथ हरेकजसो नायक-नायिकाले नाम फेर्ने गर्छन् । युनाले पनि त्यसैको सिको गरेर नाम फेर्नु अनौठो कुरा होइन तर उनीचाहिँ नाम फेर्नुको कारण अर्कै बताउँछिन् । भन्छिन्- म ज्योतिषशास्त्रमा धेरै विश्वास गर्छ र ज्योतिषीले दुइ अक्षरको नाम भए चलचित्रक्षेत्रमा सफलता मिल्ने बताएकाले नामलाई र्सट गरेँ ।’ युनाले मुस्कुराउँदै भनिन्- फेरि मलाई स्कुल लाइफदेखि नै साथीहरूले माया गरेर युना भन्ने गर्थे । ज्योतिषीको सल्लाह अनि मेरा साथीहरूले जस्तै दर्शकले पनि माया गरून् भनेर मैले आफूलाई यमुनाबाट युना बनाएकी हुँ ।’

चार वर्षगाडि काठमाडौं टेकेकी युनाले केही समयको संर्घष्पछि दीपक श्रेष्ठद्वारा निर्देशित फिल्म पर्खिबसँमा अवसर पाइन् र पहिलो चलचित्रबाटै वाहवाही पनि पाइन् । प्रशंसा पाएजसरी काम भने पाइनन् । दीपक श्रेष्ठको फिल्मबाट ब्रेक पाएकी उनले दीपककै फिल्म मात्र पाइन् । अरू निर्माता-निर्देशकको छनोटमा पर्न सकिनन् । भन्नेहरू त दीपक र युनाबीच प्रेमको चक्कर छ पनि भन्ने गर्छन् । उनीहरू नै भन्ने गर्छन्- त्यसैले दीपकले युनालाई आफनो चलचित्रमा निरन्तर लिइरहेका हुन् । सिनेबजारमा यसखाले हल्ला चलिरहेका बेला युनाले भने यस विषयलाई ठाडै इन्कार गरिन् । उनको दाबी थियो- अब म जुन चलचित्रमा काम गर्दै छु, त्यसको निर्देशक दीपक श्रेष्ठबाहेककै हुनेछन् । जहाँसम्म हामी दुइबीचको सम्बन्धलाई लिएर बजारमा जे आइरहेको छ, त्योचाहिँ सरासर गलत कुरा हो । उहाँ र मबीचमा खालि एउटा निर्देशक र नायिकाबीचको राम्रो सम्बन्ध मात्र छ । हामी गुरु-चेली हौं ।’

युनाले भनेजस्तै उनी पहिलोपटक दीपक श्रेष्ठबाहेकको फिल्मका रूपमा मदन घिमिरेको निर्देशनमा बनेको र्फजकी नायिका भइन् । तर यत्रा फिल्म बनिरहेका बेला उनी अरू फिल्ममा देखिइनन् । सोचेजस्तो काम नपाउँदा युनालाई फुर्सदैफुर्सद भयो । कुनै बेला फलपको लेबल लागेर बसिरहेका नायिकाहरूले धमाधम काम पाउँदा र नयाँ अनुहारको खोजी भइरहेका बेला पनि युना भने तीनकुनेको डेरामा फुर्सद का दिन बिताएर बस्न बाध्य भइन् । यसमा पनि उनको आफनैखाले भनाइ रह्यो- म विशेष गरी पढ्न काठमाडौं आएकी हुँ, केवल फिल्म खेल्न आएकी होइन । त्यसैले बढी ध्यान पढाइमा दिइरहेकी छु, मास्टर गर्दै छु । राम्रो स्टोरी बोकेर लैजाने रोल भयो भने मात्र काम गर्छु र मैले सोचेजस्तो रोल भएको फिल्महरूमा कुरा पनि भइरहेको छ ।’ युनाले यस्तो दाबी गरे पनि र्फजमा खेल्ने बेला उनले भनेजस्तो आफनो भूमिकामा ध्यान दिएको भने पाइएन । उनी सो फिल्ममा अफर आउनासाथै हाम फालेर पुगेकी थिइन् । तैपनि युना दाबी गर्छिन्- कुरा त अरू फिल्ममा पनि भइरहेको छ तर फिल्मलाइनमा मौखिक कुरा भएकालाई मात्र आधार मान्न मिल्दो रहेनछ । मौखिक कुरा भए पनि काम हुन्छ नै भन्ने यहाँ केही छैन । म आफ़ै पनि चुजी भएकी छु । पाइयो भनेर जुन पायो त्यही ब्यानर र जस्तो पायो त्यस्तो फिल्म अनि रोलमा काम गर्न तयार छैन । आफूले फिल्मको कथा बोकेर हिँड्न पाइने या आफनो रोलको पनि केही योगदान हुने फिल्म मात्र म खेल्छु, क्वान्टिटी बढाउने फिल्म खेल्दिनँ, क्वालिटी भएको फिल्म मात्र खेल्छु । यिनै कुरा हेरेकाले मेरो हातमा फिल्म छैन ।’

भनिन्छ- दीपकको फिल्ममा मात्र काम पाइरहेकी युनाले दीपकको क्याम्पबाहिरको फिल्म र्फजर्मा पनि काम गरेपछि दीपक र युनाबीच मनमुटाव भयो । मनमुटावकै कारण दीपकले युनालाई फेरि आफनो फिल्ममा नलिने भए । युनाले रोइकराइ गरेपछि दीपक पहिलो-पहिलो मायामा पुनः उनलाई लिन सहमत भए । तर यस कुरामा कुनै सत्यता नभएको युना र दीपक दुवैको दाबी छ ।

दीपकले युनालाई पर्खिबसेलगत्तै त्रिशूलमा पनि लिएका हुन् । तर पर्खिबसेँको जस्तो सफलता त्रिशूलले पाउन सकेन । त्यसैले पनि युनाले आफूलाई नेपाली रजतपटमा नायिकाका रूपमा स्थापित गर्न नसकेकी हुन् । यस हिसाबले पर्खिबसेले उनलाई जति लाभ गरायो, त्यति नै हानि भयो त्रिशूलबाट । पर्खिबसेँभन्दा माथि गएर अभिनय तथा नृत्यक्षमता देखाउन नसक्नु पनि उनको थप कमजोरी बन्न पुग्यो । तैपनि यतिखेर युनाको दाबी छ- तर अब म आफूलाई प्रुभ गरेर देखाउन सक्षम भइसकेकी छु । त्यो समय चाँडै नै आउँदै छ ।’

युनाले फिल्ममा काम गर्नुअगाडि एउटा महिलावस्त्रको उत्पादनका लागि मोडलिङ पनि गरेकी थिइन् ।

युना नामजस्तै युनिक त छिन् तर यसले उनलाई फाइदा गर्छ वा घाटा - युना आफ़ैले पनि अनुमान लाउन सक्दिनन् ।

- गिरी ( कामना )
Read the story >

Latest News Updates

Sahikuro.com

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.