Latest Update :

Popular Posts

Showing posts with label Nawa-Raj Pokharel. Show all posts
Showing posts with label Nawa-Raj Pokharel. Show all posts

Romania - The Transit for Europian Countries



केहि समयदेखि रोमानियाको बुखारेस्ट र कन्स्तांचा शहर नजिकैका दुई गाउँहरुमा विभिन्न रिसाईक्लिन कम्पनीहरूमा कलेक्टरका रूपमा काम गर्न करिब ११० जना नेपाली कामदारहरू रोमानिया आएका छन् । दुई बर्षसम्म काम गर्न पाउने 'डी' बर्गको रोमानियन भिसा लगाई मासिक ३०० ~ ३५० युरो नेट तलब पाउने हिसाबमा यहा आएका कुराहरू थाहा भएको छ। हामी सबैलाई थाहा भएको कुरा हो हाम्रा नेपाली दाजुभाईहरू विदेशिनुको मुख्य कारण हाम्रो गरिबता नै हो। यसको समाधान यति सजिलै नेपालमा हुन सक्ने स्थिति पनि छैन। प्राय: जसो कलेक्टरका रूपमा यहा काम गर्न आएका नेपालीहरू निम्न स्तरका कामदारहरू मात्र नभई निकै पढे लेखेका बुद्धिजिबीहरूको समुह नै देखिएको छ । युरोपियन मुलुकको सदस्य राष्ट्र रोमानियामा कामदारको रूपमा आउनुको मुख्य कारण उनीहरूले मौका छोपेर यूरोपका अरू मुलुकतिर जाने पनि रहेछ।
यसै क्रममा गत अक्टोबरको ३१ तारेखका दिन दुई नेपाली कामदारहरू दिलिप श्रेष्ठ (मोरंग) र बलमान घर्ती मगर (म्याग्दी) रोमानिया - हंगेरीको बोर्डरमा भाग्न लागेको बेलामा समातिए । उनीहरूले आगामी ५ बर्षसम्म रोमानिया मात्र नभई युरोपका कुनै पनि मुलुकहरूमा पस्न नपाउने गरी ३० दिन भित्रमा यो देश छोड्नु पर्ने आदेश पत्र पाए ।
गैरआवासीय नेपाली संघ, रोमानिया र यहा कार्यरत अन्य विभिन्न नेपाली साथीहरूको सहयोगबाट ती दुई मध्येका दिलिप श्रेष्ठलाई गत नोभेम्बरको २१ तारेखका दिन र अर्का कामदार बलमान घर्ती मगरलाई डिसेम्बर ७ तारेखका दिन काठमाडौँ सम्मको हवाई टिकट खरिद गरी नेपाल पठाईएको थियो।
यसै क्रममा रोमानियाको कन्स्तांचा शहरमा भी भी म्यानपावर, काठमाडौं मार्फत काममा आएका ७३ जना कामदारहरूले विभिन्न मागहरू राखी केहि हप्ता अघि हडताल गरे । उनीहरूले सोचे अनुसारको बस्ने स्थान र अन्य बिभिन्न सुबिधाहरू प्राप्त नभएको कारण देखाई गरिएको उक्त हड्तालका निम्न ३ प्रमुख मागहरू थिए : बस्ने ठाउको बदला होस्; महिना सकिएको १० दिन भित्रमा तलब पाईयोस र भी भी म्यानपावर, काठमाडौंका मालिक शरद गुरुङलाइ १० दिन भित्रमा रोमानिया झिकाईयोस। यहा काम दिने ERC Development नामक कम्पनीले यी मागहरूको जति सक्दो चाडै पुरा गर्ने आश्वासन दिएता पनि झन्डै २० जनाले नेपाल नै फर्कने ईच्छा राखे। यसको मतलब यहा आएका कामदारहरू काम गर्नुको बदला रोमानियालाई ट्रान्जिट बनाई अन्य युरोपेली मुलुकमा छिर्न चाहेका रहेछन भन्ने कुरा खुल्ला रूपमा देखियो। सो कुरा सफल हुन् नसक्ने देखे पछि हामी नेपाल नै फर्कन्छौ भनि अडान गरे । जसको फलस्वरूप भी भी म्यानपावर, काठमाडौंका मालिक शरद गुरुङले गत डिसेम्बर ७ तारेखका दिन ७ जनालाई उनीहरूको ईच्छा अनुसार सुरक्षितसाथ नेपाल फर्काएका छन्। यहा आएदेखि अझ सम्म पनि काममा नजानेहरूको सख्या निकै छ। हड्ताल गर्ने, मादक पदार्थको सेबन गरी भाड भैलो गर्दै आपसमा झगडा गरी विभिन्न सामानहरूको तोडफोड गर्नुको कारणले नेपाल जान खोज्नेहरूलाई केहि दिन पुलिसले घेरेर पनि राखेको समाचार छ ।
यस समस्याको समाधान गर्न नेपालबाट तुरुन्तै भी भी म्यानपावर, काठमाडौंका मालिक शरद गुरुङ गत १८ तारेखका दिन रोमानिया आई पुगे। आफुले नेपालबाट कामदारहरूका सुविधाका लागि राईस कुकर, जाडोमा काम गर्दा लगाउने ६६ जोडी स्पेसल न्यानो लुगाहरू र मोजाहरू समेत लिएर आएको कुरा उनले बताए। शुरूमा उनले प्रत्येक दिन व्यक्तिगत रुपमा हरेक कामदारसंग ३/४ घण्टा समय दिई उनीहरुको समस्या सुनी मानवीय आधारले आफ्नो क्षमताले भ्याएसम्म सबै कामदारहरूको व्यक्तिगत समस्याहरूको समाधान पुरा गरेर मात्र नेपाल फर्कने निर्णय गरेको कुरा बताएका थिए । यसै क्रममा डिसेम्बर ३० तारेखका दिन पोखरा निबासी कुमार आचार्यलाई पनि नेपाल पठाईएको खबर छ । नेपालनै फर्कन खोज्ने सबैलाई कामदारहरूलाई आफूले रोमानियामा बस्न नसकेको कारण देखाउदै सम्बन्धित म्यानपावरलाई अनुरोध पत्र लेखी स्वदेश फर्कने हवाई टिकटको माग गराउन अनुरोध गरिएको थाहा भएको छ।
सो अनुसार भी भी म्यानपावर, काठमाडौंका मालिक शरद गुरुङले म नेपाल जान चाहने करिब २२ जनालाई जति सक्दो चाडै नेपालबाट हवाई टिकट पठाई दिनेछु र उनीहरूलाई सुरक्षित नेपाल पु-याई दिनेछु, यदि अन्य समस्याहरू फेरि आई परेको खण्डमा तुरून्तै म रोमानिया फर्कन्छु भन्दै आज बिहान रोमानियाबाट नेपाल फर्केका छन । कामदारहरूका अन्य मागहरू मध्येमा कोठा सर्ने र भनेको समयमा तलब पाउने कुरा समाधान भई नया कोठामा गत हप्ता देखि नै सरेका छन भने नेपाल फर्कनेहरूलाई भने नया कोठामा सारिएको छैन। करिब ४५ जना कामदारहरूले नया कोठा पाएको र काममा सन्तुष्ट भएको कुरा उनीहरूबाट थाहा भएको छ ।

झन्डै २० ~ २२ जना नेपालीहरुले नेपाल नै फर्कन चाहेका कारणमा सर्बप्रथमत: यहाँबाट युरोपका अन्य मुलुकहरुमा सजिलै जान नसकिने, चिसो हावापानीमा बस्ने नसकिने र फोहोर मैलामा कलेक्टरको रूपमा काम गर्दा बिमारी भई रहनुका साथै आफूले सोचे अनुसारको पैसा कमाउन नसकिने कारण अनौपचारिक रुपमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष नवराज पोखरेललाई बताएका छन्। यी सबै कुराहरुलाई मध्यनजर राख्दै नेपाल नै फर्कन खोज्नेहरुलाई कम्पनीका मालिक शरद गुरुङले केहि दिनमा नै घर फर्काउने कुराको बिश्वास सबैलाई दिलाएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानिया मार्फत यहा आई परेका समस्याहरूलाई समाधान गर्न परिषदका अध्यक्ष नवराज पोखरेलले यस संस्थालाई केवल स्थापनामा मात्र सिमित नराखी नेपाली एकताको सन्देशहरू अघि बढाउन सदा अग्रज भएको कुरा उल्लेख गर्नु भयो । उहाले यहा कार्यरत नेपालीहरूसंग विभिन्न विषयहरूमा छलफल गर्दै आफ्नो देशको ईज्जत राखी धैर्य भई काम गर्न सबैलाई अनुरोध गर्नु भएको छ । खाडी मुलुक र मलेसियाबाट युरोपका आकर्षक गन्तव्यहरूमा रोजगारी खुल्ला गर्न सरकार र म्यानपावर व्यवसायीहरू लागि परेका बेला यस्ता घटना हुनुले युरोपमा नेपाली श्रम बजार विस्तार गर्न ठूलो समस्या पर्ने देखिन्छ। विभिन्न माध्यमबाट गत बर्षदेखि हाल सम्म यहा झन्डै ३०० जना नेपालीहरू भित्रिएका छन् ।
नरापो न्यूज, बुखारेस्ट
जनवरी ७, २०११ 
नवराज पोखरेल, बुखारेस्ट, रोमानिया 
Read the story >

Nepali Lekh Rachana - मेरो नेपाल, तिमी बिना म शुन्य भएछु


 मेरो नेपाल, तिमी बिना म शुन्य भएछु 

कोलहल्को चिच्याहट भित्र उकुस मुकुस मनका भावनाहरू लिएर्,
खुला आकाशमा टोल्हाई रहेका आखालाई पल्ट्ने बाजी खेलाउदा,
अनि ~
मानिसको हुल भित्र पसेर आफैलाई हराउन खोज्दा,
मलाई एक्लोपनको महशुस हुन थालेछ ।

अतितको यादमा डुबुल्की मार्दा , झट्ट सम्झेछु ,
मेरो नेपाल तिमी बिना म शुन्य भएछु ।
मलाई तिमि छहराको आवाजले बोलाउने गर्थौ,
खोलाको कल्कलाईले हसाउने गर्थौ,
तर, आज ~
मेरो नेपाल तिमी टाढा हुनाले
छहरा र खोलाको आवाज सुन्ने कानले
मोटर र जहाजका कानै फुटाउने आवाजहरु
र,
सल्लाघारीको सुसाइको बदलामा
रेडियो र टिभीका तरंगहरु सुन्नु परेको छ
त्यसैले होला ,
यिनै पटयार लाग्दा तरंगहरुले गर्दा
मेरा कान फाट्न लागी सके
अब त मलाई,
किन हो कुन्नि डर लाग्न थालेको छ l
मेरो नेपाल ,
तिम्रो सुन्दर पाखा र पखेरीको स्पर्श नपाएर ,
आज म एकान्त ठाउमा पनि आफुलाई हराएको पाउछु l
मानिसको हूलमा मानिसलाई नै देख्न छाडेको छु ,
साच्ची ,
मेरो नेपाल तिमी बिना म शुन्य भएछु l

तिमी मलाई माया गर्थौ ,
प्यासमा पानी दिन्थौ, भोकमा खाना खुवाउथ्यौ
तिमीलाई आफ्नै आमा सम्झी म पनि
तिम्रै छातीमा लडिबुडी खेल्ने गर्थे
तर,
आज म तिमीबाट टाढा हुँदा
प्यास र भोकमा तिमीलाई नै सम्झन पुग्दछु,
मेरो नेपाल तिमी बिना म शुन्य भएछु l

मलाई बिश्वास गर ,
म जति टाढा भए पनि तिम्रै कोखको सन्तान हुँ
एक मुट्ठी रगत रहुन्जेलसम्म तिम्रै लागि लड्ने छु
विश्वमा तिमीलाई चिनाई छाड्ने प्रण पनि गरेको छु l

Nawa-Raj Pokharel
President
NRNA, Romania NCC
नवराज पोखरेल, बुखारेस्ट, रोमानिया
Read the story >

Latest News Updates

Sahikuro.com

 
© Copyright Nepali Music, Nepali Songs, Nepali Movies, Nepali Videos, Nepali Entertainment 2012 | Managed by Entertainmentnepal.net | Powered by Blogger.com.